ILBS 980 -21.5 DDBL 916.2 3.1 ALBSL 1040 -4 KBSH 2386 -9 CIZBD86 1060 -10 SBLD89 1200 16.1 EBLD86 1040 -2 VLUCL 588 -1.9 RADHI 397.9 7.9 KKHC 260 -2 SCBD 1111 6 SMH 1064.8 5.9 NLO 242.1 0 GBILD86/87 1030 4 NICFC 8.97 -0.33 CIT 2195 0 SBL 345 -8.1 SHEL 242.9 -4.7 MERO 760 0.5 SHIVM 599 -8 AVYAN 909 -6 SMFBS 1505.2 6.2 VLBS 902.5 -7.5 NWCL 975 -13.9 KEF 9 0.28 KSY 9.22 -0.19 CYCL 1540 -7 NBF3 9.04 0.17 HBL 260 -13 ACLBSL 1035 0 SAEF 11.22 0.17 ULBSL 3199 37 MKHL 493 -6 PBD85 1079.9 19.9 NIBLGF 9.1 0.38 GCIL 498 -5.8 GLBSL 1600.4 -29.6 NICLBSL 705.5 -7.5 CORBL 958.8 -10.2 RAWA 889 29
×
बुढिगण्डकी हाईड्रोपावरमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने



काठमाडौंं, २४ माघ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।

 

उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार  बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

 

प्रबर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने  वांँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ । 

कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ ।  

हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ । 

आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी  प्राथमिक शेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ । 

यसअघि निर्माण सम्पन्न गरि सफलतापुर्वक बिकास हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा अध्यक्ष रहेका एनआरएनए आईसिसी उपाध्यक्ष खगेन्द्र न्यौपानेको टिमले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसकेका छन ।

आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्न र यसै वर्ष शुरू गर्ने गरी  थप २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर बनाउने कम्पनीले जनाएको   हाइड्रोपावारका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रममा रास्ट्रीय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो टिमले बिकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफुहरुले अर्को प्रोजेक्टमा पनि  लगानी गरेको बताए ।

 

बिकास हाईड्रोको सफलतापछि बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रीला हाईड्रोपावर शुरु गरेको यो टिमले समयमानै हाईड्रो सम्पन्न गर्ने बताएको छ ।  गोरखा जिल्लाको धार्चे गाउपालिकामा निर्माण शुरु गरिएको यस आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष  एबं सफल ब्यबसायी खगेन्द्र न्यौपानेले गरेका छन । यही टिमले यस अघि सोहि क्षेत्रमा बिकाश हाईड्रो पावरको बिधुत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न  गरिसकेको छ ।

 

बिकाश हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश बिकाशमा सानो भने पनि थप योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र साङ्ग्रीला हाईड्रोपावर २४ मेघावाट शुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसियाका अत्यन्तै सफल ब्याबसायी न्यौपानेले देश बिकाशको महत्वपुर्ण आधार जलस्रोत,जंगल र जमिन नै भएको जनाउदै गैरआवासीय नेपालीको पनि देश बिकाशमा ठुलो योगदान रहेको बताए । उनले आफूले अघिल्लो बिकास हाईड्रोजस्तै अन्य २ हाईड्रोलाई पनि समय सिमा भन्दा पहिले नै सम्पन्न गरेर लगानीकर्ताहरुको मन जित्ने बताए । यस्तै अर्का संचालक कृष्ण घिमिरेले बिकास हाईड्रोलाई जस्तै अन्य प्रोजेक्टलाई माया गरिदिन सबैलाई आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै थप अन्य हाईड्रो पनि निर्माण गर्ने बताए । 

यस आयोजना बनाउन देश बिदेशमा रहेका नेपाली र एनआरएनएले साथ दिएको र चुस्त टिम भएकै कारण समयमा हाईड्रो सम्पन गरिने न्यौपानेले बताए । उनले अहिलेसम्म आफुहरुले साना आयोजनामा मात्र लगानि गरिरहेकोमा अब निकट भविष्यमा २५ मेघावाट भन्दा माथि ५०/ १०० मेघावाटको आयोजना बनाउने गरि तयारी गरेको  बताए । जलबिधुत नै नेपालको भबिष्य हो यसमा क्रान्ति नै गर्नु पर्छ भन्ने सोचका साथ अगाडि बढेका छौ न्यौपानेले बताए । उनले हाईड्रो पावर टिममा म्यानेजमेन्ट टिम नै प्रमुख हुने रहेछ त्यस्तो टिमवर्क हामिमा छ तेसैले हामी सफल भएका छौ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस