NFS 1350 -43 AHL 651 2 HLBSL 1010 -10 ENL 1102 -18 EBL 605 5 SMFBS 1505.2 6.2 MCHL 488.3 -3.7 SLCF 9.21 -0.1 NBLD87 1020 -8 KDL 1059 16 BNT 14350 -50 SSHL 215 0.8 SINDU 667 -6 SBLD89 1200 16.1 HPPL 316.3 -3.6 MKJC 467.9 -1 NBF3 9.04 0.17 UNLB 2527 -3.9 UMRH 475 -1.9 MFIL 768 48 JSLBB 1513.9 38.9 MMKJL 543.6 9.6 MDB 630 -3.8 HDL 1423.1 49.1 SAHAS 505 28 SPDL 310 5 CFCL 647 27.1 MSLB 1564 -70 GBLBS 738 -10 MAKAR 500 6 GIBF1 9.69 0.1 PMLI 562 1 CBBL 980 1 SMATA 875 -16 MPFL 751 5 GBBL 447 -6 PCBL 292 -2 SNMAPO 190 0 LVF2 9 0 JOSHI 305 -6.8
×
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्तकाे ३ करोड ७४ लाख खुद नाफा



काठमाडौ, माघ २३ । मिथिला लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससमा ३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कामएको छ । यो नाफा गत वर्षको भन्दा १८१.२९ प्रतिशतले धेरै हो । गत वर्षको यसैअवधिमा कम्पनीले करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीको खुद ब्याज आम्दानी ६७.१६ प्रतिशतले बढेर ९ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा मिथिलाले ५ करोड ५७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

एक वर्षको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफामा पनि वृद्धि भएको हो ।  

हाल मिथिला लघुवित्तको चुक्ता पुँजी १९ करोड ६० लाख २ हजार रुपैयाँ र जगेडा कोषमा १९ करोड ४७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १९९.३८ रुपैयाँ छ । 

यसको सञ्चालन नाफा ३६६.६६ प्रतिशतले बढेर ५ करोड २३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ करोड १२ लाख रुपैयाँ सञ्चालन नाफा गरेका थियो । यसको खराब कर्जा भने बढेर ४.४७ प्रतिशतबाट बढेर ४.८५ प्रतिशत पुगेको छ । 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस