NUBL 730 2.8 BNT 14350 -50 NRN 905 -8 SADBL 419 -1 BFC 625 9.1 GBBLPO 205 0 FMDBL 758 -0.1 MND84/85 1030 2 SBCF 9 -0.2 CCBD88 1123.1 6.1 NICBF 9.3 -0.08 LUK 9.21 -0.09 NSIF2 10.52 0.02 NRM 426.1 -4.9 LBBL 475 -4.8 SAMAJ 3321.1 1.1 NBF3 9.04 0.17 AVYAN 909 -6 MKJC 467.9 -1 SBD87 1048 11.9 SJCL 326 -3.7 LBBLD89 1208.5 23.5 CGH 909 -5 BHDC 583 5.4 GBIME 256.1 -4.4 MCHL 488.3 -3.7 ENL 1102 -18 PBD88 1102.1 2.1 MERO 760 0.5 SMHL 613.1 -4 SONA 473.2 -7.8 PFL 652 -1 KDL 1059 16 UMHL 308 -4 RLFL 625 6.9 SBL 345 -8.1 JBLB 1534 -3 NIMB 241.9 -9.1 BPCL 449 -7 SPIL 853 -18
×
सूर्यज्योति लाइफ इन्सुरेन्सले १९ करोड ६१ लाख नाफा कमायाे, यस्ता छन् अन्य सूचक



काठमाडौ, माघ २२ । सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.३७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । 

यता, खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३७ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरैको छ । 

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस