MLBL 398 -6.9 SBI 482.9 -6 ANLB 4453.1 47 RNLI 495.5 1.5 AKPL 248.5 -2.5 CLI 634 -4.9 GILB 1268.4 4.4 KSBBL 448 -3 OHL 925 -9 MHNL 265.5 -0.5 CGH 909 -5 JSLBB 1513.9 38.9 DOLTI 538 10 SHLB 1886.9 1.9 NICGF2 8.78 -0.02 MFIL 768 48 SLBBL 958.9 -4.2 SANIMA 326 -10.2 NICLBSL 705.5 -7.5 GRDBL 743 5 NGPL 472 -2.9 NIL 912 8 PBD88 1102.1 2.1 GCIL 498 -5.8 EBLD86 1040 -2 MDB 630 -3.8 SFMF 10.2 -0.2 NMBMF 695 -10 HATHY 1322 13 AHL 651 2 SPHL 666.9 16.9 CCBD88 1123.1 6.1 SIFC 628 10 NRN 905 -8 TSHL 909 -11 MKHC 339 -1 SHPC 525 -3.9 API 289.5 2.5 PPL 461 -2.5 PPCL 262 -5.2
×
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने अन्तिम दिन



काठमाडौ, माघ २२ । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि खुला गरेको आइपीओमा आज माघ २२ गते आवेदन दिने अन्तिम दिन रहेको छ। यस आइपीओमा आज बैंकिङ समय भित्र आवेदन दिनुपर्ने हुन्छ ।

  

कम्पनीले माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो। 

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको आइपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। 

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।

कम्पनीले कर्मचारीहरुका लागि ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता शेयर र ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याएको छ। बाँकी रहेको १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्नेछ।

सीडीएससीका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा यसअघि आइतबार माघ २१ गते साँझ ५ बजेसम्म ५० हजार २३० जनाले १६ लाख २० कित्ता खरिका लागि आवेदन दिएका छन् । यो मागभन्दा ७.११ गुणा बढीले ओभरसब्सक्राइब्ड हो।

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्राथबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी २२ हजार ५०० आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस