SHPC 525 -3.9 CITY 805 -17 MEN 631.1 -3.9 HEIP 381.8 20.8 GBBL 447 -6 UNL 48870 -930 HRL 861 -4 TVCL 461 1 NSIF2 10.52 0.02 MHCL 410 -7 SIKLES 707 -3 API 289.5 2.5 MLBS 1532.3 -86.7 MLBSL 2000 -26 NBLD85 1025 0 LBBLD89 1208.5 23.5 BEDC 470 0 LUK 9.21 -0.09 AHPC 267 -0.6 KKHC 260 -2 CIZBD86 1060 -10 PMLI 562 1 ILI 483.5 -2.5 MHNL 265.5 -0.5 PRIN 968 4 NICL 990.2 -4.8 H8020 10.2 -0.05 JSLBB 1513.9 38.9 RFPL 532 11.1 NHDL 570 0 JOSHI 305 -6.8 NLIC 814 -13.4 NLO 242.1 0 DORDI 429 -3.3 NYADI 305.4 -6.6 UAIL 639 -1 MEHL 380.1 -19.9 MEL 292 2 TPC 465 6 CHCL 568.9 -8.1
×
एनएलजी इन्स्योरेन्सको आजदेखि ३ लाख १७ हजार कित्ता सेयर लिलामी बिक्री खुला



काठमाडौं, माघ २० । एनएलजी इन्स्योरेन्सले आज आइतबार (माघ २० गते) देखि ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर रहेको छ ।  

आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । यसअघि इन्स्योरेन्सले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी  सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।  

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस