STC 5908 9 DOLTI 538 10 SICL 832 0 TRH 1118 -5 SPL 813 -12.1 CITY 805 -17 JSLBB 1513.9 38.9 GMFIL 623 1 CYCL 1540 -7 MND84/85 1030 2 RAWA 889 29 SWMF 812 -13 GLBSL 1600.4 -29.6 H8020 10.2 -0.05 SBL 345 -8.1 NYADI 305.4 -6.6 SFMF 10.2 -0.2 USHL 783.2 -13.7 SMATA 875 -16 AHPC 267 -0.6 AKJCL 209 -3 PRIN 968 4 MKJC 467.9 -1 NBL 292.2 1.2 LUK 9.21 -0.09 UPCL 262.2 -2.7 BHL 440 -13 GUFL 735 5 MMF1 8.98 0.1 NABIL 594 3 UPPER 214.2 -1.8 GILB 1268.4 4.4 NIBLSTF 8.68 0 CBBL 980 1 CMF2 9.21 -0.1 RMF2 9.21 -0.13 SPDL 310 5 NBF2 9.15 -0.05 BFC 625 9.1 PBLD87 1028 -2
×


काठमाडौं, साउन १४ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि आइतबार पनि यसको कारोबार सोही मूल्यमा भएको थियो । 

सोमबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ८० पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०४ पैसाले बढेको हो । यसअघि आइतबार युरोको खरिददर १४५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ७६ पैसामा कारोबार भएको थियो ।  

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ०५ पैसा पाइन्छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ । उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ ७० पैसा र बिक्रीदर २८ रूपैयाँ ८३ पैसा कायम गरेको छ ।

यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ४७ र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस