×
अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक टाइमआउट, १ बल नखेली पेभिलियन फर्किए मैथ्यूज ।



नयाँ दिल्लीको अरुण जेटली स्टेडियममा बंगलादेश र श्रीलंकाबीचको खेलमा श्रीलंकाका खेलाडी एन्जेलो मैथ्यूज टाइम आउट भएका छन् ।

आईसीसी नियमअनुसार क्रिजमा उपस्थित खेलाडी आउट हुँदा उनको स्थान लिने खेलाडीले बढीमा तीन मिनेटभित्र बलरको सामना गर्न तयार हुनुपर्छ। यो अवस्थामा एन्जेलो म्याथ्यु निर्धारित समयभन्दा अगाडि नै मैदानमा पुगेका थिए ।

तर, हेल्मेट ठीक अवस्थामा नभएका कारण उनले निर्धारित समयभन्दा अगाडि बलरको सामना गर्न सकेनन् । यसपछि बंगलादेशको टोलीले अम्पायरलाई यो नियमअनुसार उनलाई आउट घोषित गर्न अपिल गरेको थियो, जसलाई अम्पायरले स्वीकार गर्दै एन्जेलो म्याथ्युलाई आउट घोषणा गरेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस