×
ईसेवाको कर्मचारी हु भन्दै ओटीपी मागेर १५ लाख ठग्ने ५ जना पक्राउ।



ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै १८ जना पीडितहरूबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको अभियोगमा ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिका-५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका-६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।

उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ईसेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी बिश्वास दिलाई झुक्यानमा पारी पीडितहरुबाट उक्त रकम ठगी गरेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा पक्राउ गरेको हो ।

उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस