×
Lagani
Lagani Shiksha gif
व्यापारीले कमिसन मागेपछि आफै पुस्तक बेच्दै महावीर पुन , तपाईले यसरि मगाउन सक्नु हुन्छ।



व्यापारीले ३० प्रतिशत कमिसन मागेपछि वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन् ।

उक्त किताब बाट भएको आम्दानी बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न प्रयोग गर्ने भन्दै उनले पुस्तक बिक्रि गर्न थालेका हुन्।उनले अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै किताब बेचिरहेका छन् । उनले अन्लाइम मार्फत पनि आफ्नो पुसक खरिद गर्न सकिने जनाएका छन्। अनलाइन मार्फत उक्त पुस्तक खरिद गर्न यहाँ क्लिक गर्नुहोस

Lagani Shiksha gif
sharehubapk व्यापारीले कमिसन मागेपछि आफै पुस्तक बेच्दै महावीर पुन , तपाईले यसरि मगाउन सक्नु हुन्छ।

“अहिलेसम्म मैले गरेका थुप्रै मूर्खतापूर्ण कामहरू जस्तै यो जीवन कथा लेख्ने काम पनि एउटा मुर्ख्याईँ नै हो,” उनले फेसबुक पोस्टमा लेखेका छन्, “यो किताब बेचेर आएको सबै पैसा वीरगञ्जको कृषि औजार कारखाना सुधार गर्ने र सञ्चालन गर्ने काममा जानेछ ।” उनी अगाडि भन्छन्, “वीरगन्जको कृषि औजार कारखानाका लागि तत्कालै पैसा नचाहिएको भए यो किताब लेखिने थिएन ।” पुनले यो पुस्तकको ई-बुक संस्करण पनि उपलब्ध गराउने बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस