×
त्रिकोणात्मक टी–२० : यूएईसँग खेल्दै नेपाल



त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ ।

मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुने छ । श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।

त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस