SLBBL 958.9 -4.2 RLFL 625 6.9 MCHL 488.3 -3.7 SMHL 613.1 -4 RBCLPO 12300 88 HPPL 316.3 -3.6 RSDC 735 0 NIBSF2 8.9 0.08 SGIC 641.2 -4.8 SSHL 215 0.8 MERO 760 0.5 SALICO 747 -9.1 HEI 648 -10 NHPC 220.1 0 NBLD87 1020 -8 PMLI 562 1 GBILD86/87 1030 4 SBLD84 1040 19.3 ENL 1102 -18 SRLI 443.1 -4.9 GVL 538.5 -22 NICGF2 8.78 -0.02 RHPL 364 -5.2 CKHL 632 -8 CZBIL 242 -10 PHCL 465.1 -9.9 MATRI 1405 -8 SFCL 704.1 63.6 SHEL 242.9 -4.7 CMF1 10.5 -0.2 EDBL 645 -1.9 SPIL 853 -18 HDHPC 208.8 -4.1 DOLTI 538 10 MAKAR 500 6 SMB 1809 4 SNLI 585.1 -0.9 MEL 292 2 GLH 244 -2 SHPC 525 -3.9
×
मौलाकालिका मन्दिरमा भक्तजनको भीड।



गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ ।

दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् । धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ ।

आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिए ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस