नेपालले त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा हङकङलाई विशाल लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनाएको छ । नेपालका लागि कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले विस्फोटक ब्याटिङ गरे । नेपालका लागि मल्लले ४१ बल खेल्दै ३ चौका र ९ छक्का मदतमा ९२ रन बनाए भने ऐरीले ३४ बल खेल्दै ६ चौका र २ छक्का सहित ५७ रन बनाए ।
पाँचौ विकेटका लागि यो जोडीले कीर्तिमानी १४५ रनको साझेदारी गरे । टी २०आईमा पाँचौ विकेटका लागि यो उच्च साझेदारी हो। नेपालको सुरुवात राम्रो हुन नसके पनि मिडिल अर्डरले राम्रो प्रदर्शन गर्दा हङकङले विशाल लक्ष्य पाएको हो। कुशल भुर्तेलल २ रनमा आउट भए भने सोमपाल कामी ८ रनमा आउट भए । त्यसपछि आसिफ शेख २० र कप्तान रोहित पौडेल ११ रनमा आउट हुदा नेपाल ५५/४ मा थियो।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted