×
सामान चोरि हुनबाट जोगाउन विमानस्थलका कर्मचारीलाई ‘खल्तीरहित पोशाक’ !



त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा लगेज तोडफोड गरि सामान चोरि हुने घटना बढे संगै विमानस्थल कार्यालयले कडाइ सुरु गरेको छ ।

यात्रुका सामान चोरि नहोस भनेर विमानस्थलले ब्यागेज व्यवस्थापनमा खटिने नेपाल एयरलाइन्सका कर्मचारीलाई अब खल्तीरहित पोशाक दिने भएको छ । नेपाल एयरलाइन्सले अब आफ्ना कर्मचारीलाई यस किसिमको पोशाक दिने त्रिभुवन विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

यसका साथै सामान अझै सुरक्षित बनाउन सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुसनको ग्रोप्रो क्यामरा प्रयोग गरिने भएको छ। केहि दिन अघि मात्र नेपाल एयरलाइन्सको हवाईजहाजबाट सोमबार भारतको नयाँ दिल्ली गएका निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीको ‘लगेज’ इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा बाहिर निस्कने बेलामा फुटेको अवस्थामा हात पारेका थिए।  त्यसपछि त्रिभुवन विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आकस्मिक बैठक गरी यस बारे प्रश्न गरेका थिए ।

काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यस्ता समस्याहरु पटक पटक हुने गरेका छन्। विदेशी तथा स्वदेशी यात्रुहरुको ‘ब्यागेज’ फुटाएर सामग्रीहरु निकाल्ने प्रवृत्ति बेलाबखत चर्चामा आउने गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Resham Tamang
Guest
Resham Tamang
March 31, 2023 8:08 pm

Hakim ko pareko bahyara kadai gareko hola hami sarbasadharan ko ta k sunuwai hunthiyo?

Biswa neupane
Guest
Biswa neupane
March 31, 2023 10:05 pm

बिमानस्थल प्रहरीलाई समेत बिन खल्ती पोसाक लागू गरौ



ताजा समाचार
लोकप्रिय
सिफारिस