SRLI 443.1 -4.9 NRIC 803 -5 SINDU 667 -6 NICD88 1032 -21 SBD87 1048 11.9 USLB 1467 -2.9 MANDU 885 -14 FMDBL 758 -0.1 SBLD84 1040 19.3 BNHC 466.9 0.7 MLBSL 2000 -26 NICFC 8.97 -0.33 USHL 783.2 -13.7 HDL 1423.1 49.1 LBLD86 1081 -0.2 NWCL 975 -13.9 SPC 520 5 BHPL 655.1 -12.7 NIBSF2 8.9 0.08 MDB 630 -3.8 JFL 655 6 LVF2 9 0 PSF 9.51 -0.09 NABBC 631 -12 NLO 242.1 0 TAMOR 482.9 -2.1 GILB 1268.4 4.4 PPL 461 -2.5 AVYAN 909 -6 UMHL 308 -4 ILI 483.5 -2.5 HLBSL 1010 -10 PROFL 655 7 SNMAPO 190 0 RLFL 625 6.9 LBBLD89 1208.5 23.5 NICGF2 8.78 -0.02 NICAD8283 1169.8 86.8 MKCL 1497 -26 SHPC 525 -3.9
×
चितवन–२ को उपनिर्वाचनमा रवि लामिछानेसँग भिड्न एमालेले देवी ज्ञवालीलाई उठाउने तयारि !



नेकपा (एमाले) ले बैशाख १० गते हुने चितवन–२को उपनिर्वाचनमा देवी ज्ञवालीलाई आफ्नो उम्मेदवार उठाउने भएको छ ।

सर्वाधिक चासोको रुपमा हेरिएको  चितवन–२  मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ०७९ मंसिर ४ गतेको निर्वाचनमा निर्वाचित भएका थिए । तर, उनी नागरिकतासम्बन्धी विवादमा फस्दा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । यसअघि मंसिर ४ मा भएको निर्वाचनमा भने रवि लामिछाने ४९३०० मत ल्याएर निर्वाचित भएका थिए ।

यसअघि रवि लामिछानेसँग चुनावमा पराजित भएका कृष्णभक्त पोखरेलले पनि पूनः निर्वाचन लड्ने मनशाय बनाएपनि अहिले नै को उम्मेद्वार बन्छ ? भनेर भन्न सकिने अवस्था नभएको एमाले नेताहरु बताउँछन् । अहिले एमालेले लामिछानेसँग देवी ज्ञवालीलाई नै भिडाउने तयारी गरेको छ।

त्यस्तै कांग्रेसले पनि कसलाई उठाउने भन्नेबारे छलफल थालेको छ। जिल्लाका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवासँग निरन्तर छलफलमा छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि हाल सम्म रवि लामीछाने नै उठ्ने भनेर आधिकारिक रुपमा घोसणा भने गरेको छैन।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस