×
यी स्थानमा आगामी ३ दिन सम्म हावाहुरी र चट्याङ सहित वर्षाको जोखिम।



हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशभर आँशिक देखि सामान्य बदली रही बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केहि भू-भागहरुमा  मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ।

IELTS PTE copy यी स्थानमा आगामी ३ दिन सम्म हावाहुरी र चट्याङ सहित वर्षाको जोखिम।

आज दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।भने आज राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी  भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्गहावा हुरी सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको  छ।

सोमबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केहि स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै मंगलबार दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशको पहाडी भू-भागहरुका धेरै स्थानहरू तथा तराई भेगका केहि स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राती देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस