SMB 1809 4 SINDU 667 -6 SHLB 1886.9 1.9 HIDCL 270.7 -4.1 CHDC 1684 -35.9 BPCL 449 -7 PRIN 968 4 LBBL 475 -4.8 DOLTI 538 10 GMFIL 623 1 NHPC 220.1 0 MEN 631.1 -3.9 KDL 1059 16 ICFC 823.9 74.9 MBL 255 -4 NGPL 472 -2.9 NRIC 803 -5 RADHI 397.9 7.9 MBJC 321 -8 GBIME 256.1 -4.4 SCB 691.1 3.6 MDB 630 -3.8 HEI 648 -10 GBBL 447 -6 H8020 10.2 -0.05 SANIMA 326 -10.2 SAHAS 505 28 AVYAN 909 -6 CLI 634 -4.9 BGWT 934.9 -21.1 SIGS3 9.45 0.09 RLFL 625 6.9 CBBL 980 1 AHL 651 2 BNT 14350 -50 BHL 440 -13 MCHL 488.3 -3.7 PROFL 655 7 NICAD8283 1169.8 86.8 SIKLES 707 -3
×
साढे १३ अर्ब नाफा विदेशियो



रासस : चालु आर्थिक वर्षको आठ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रुपैयाँ रकम विदेशिएको छ ।

उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार तीन सय २४ रुपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो । विभागले आठ महिनामा रोयल्टीवापत दुई अर्ब आठ करोड ९३ लाख ९७ हजार एक सय सात रुपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार आठ सय २५ भारतीय रुपैयाँ तथा सात हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ । विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतीपछि १५ दिनभित्र रकम लैजान पाइन्छ ।

फागुनमा मात्रै तीन अर्ब रुपैयाँ सिफारिस

विभागले फागुनमा मात्रै लाभांशवापत करिब तीन अर्ब रुपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ । विभागले दुई अर्ब आठ करोड १० लाख ८३ हजार रुपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार पाँच सय ३७ रुपैयाँ, दुई लाख ५० हजार २४ अमेरिकी डलर, बीस लाख १० हजार ५५ २५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।

शाखाका प्रमुख शङ्करसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेशिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै विदेशिने अनुमान छ”, उनले भने ।

चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत एक हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र तीन सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ । फागुनमा मात्रै विभागले १२३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ । विभागका अनुसार फागुनसम्म दुई सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार एक सय ९६ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस