×
यस्तो छ २०८० सालको सार्बजनिक बिदासूची



सरकारले २०८० सालको बिदाको सूची राजपत्रमा प्रकाशन गरेको छ।

सरकारले आउँदो २०८० सालमा ३५ दिन सार्वजनिक बिदा हुने घोषणा गरेको छ । बिहीबार राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको हो । जसमा सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ ।

यस सूचनामा शनिबार बिदा, पर्व बिदा, महिला कर्मचारीको बिदा, शिक्षण संस्थाको बिदा, जात्रा बिदा, दिवस बिदा, जन्मजयन्ती बिदा, राष्ट्रिय रूपमा मनाइने तर कार्यालय खुल्ने प्रकृतिका दिवसहरू उल्लेख गरिएको छ। त्यस्तै शुक्रबारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ने जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस