×
Lagani
Lagani Shiksha gif
यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा



आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा यूएईमाथि कीर्तिमानी जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो । योसँगै नेपाल जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा खेल्न पाउने भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा खेल रोकियो र डिएल मेडथका आधारमा नेपाल ९ रनले विजयी घोषणा भयो ।

Lagani Shiksha gif
sharehubapk यूएईमाथि कीर्तिमानी जितसँगै नेपाल विश्वकप छनोटमा

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले पूरा ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । नेपालले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ५२ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । यूएईमाथि जित निकाल्न नेपालका चार ब्याटरले अर्धशतकिय पारी खेले ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस