SFCL 704.1 63.6 IGI 600 -4 NICD83/84 1062 -19 KEF 9 0.28 SHIVM 599 -8 KSBBLD87 1093.4 18.4 ALBSL 1040 -4 HEI 648 -10 ANLB 4453.1 47 TAMOR 482.9 -2.1 NFS 1350 -43 HIDCLP 183 -2 RMF2 9.21 -0.13 GLBSL 1600.4 -29.6 VLBS 902.5 -7.5 RMF1 9.15 -0.1 NSIF2 10.52 0.02 HRL 861 -4 GFCL 1051.1 6 BEDC 470 0 NBL 292.2 1.2 MKHL 493 -6 SBI 482.9 -6 ILBS 980 -21.5 GILB 1268.4 4.4 MSHL 938 3 HURJA 220 -4.6 RBCLPO 12300 88 NIBSF2 8.9 0.08 LBBLD89 1208.5 23.5 SBL 345 -8.1 SKBBL 934 -3 BPCL 449 -7 BHDC 583 5.4 SMPDA 910 -1 MBL 255 -4 NICSF 9.5 0.25 JSLBB 1513.9 38.9 CHDC 1684 -35.9 NICA 452 -13
×
बढयो दूधको मुल्य, उपभोक्तालाई अब १३० रुपैयाँसम्म



सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज देखि लागू हुनेगरी दूधको मूल्य बढाएको छ ।

संस्थानले बिहिवार देखी लागु हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मुल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी डेरी संगठनले यसअघि नै दूधको मुल्य बढाई सकेका छन् ।

‘मन्त्रिपरिषदले निर्णय अनुसार बृद्धी भएको मुल्यमा संस्थानले किसानवाट दूध खरिद गरिसकेको छ भने बिहिवार (आज) वाट उपभोक्ताले नयाँ मुल्य अनुसारको दुध पाउनेछन,’ डीडीसीका महाप्रवन्धक सन्जिव झाले भने ।

उनका अनुसार अब स्टान्डर्ड दूध (निलो प्याकेटको) मूल्य प्रतिलिटर ११ रुपैयाँ बढेर ९७ रुपैया पुगेको छ । यसअघि सो दुधको मुल्य प्रतिलिटर ८६ रुपैयाँ थियो ।

त्यस्तै, गाईको दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएर उपभोक्तालाई प्रतिलिटर ११६ रुपैयाँमा विक्रि गर्नेछ भने चिया दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढेर ९० रुपैयाँमा अब उपभोक्ताले खरिद गर्नुपर्नेछ ।

क्रिमयुक्त दूध (हरियो प्याकेट) को मूल्य प्रतिलिटर १६ रुपैयाँ बढाईएको छ । जसअनुसार अब देखी हरियो प्याकेटको दूधको मूल्य उपभोक्तालाई प्रतिलिटर १३० रुपैयाँ पर्न जानेछ ।

सरकारले यसअघि किसानले पाउने दूधको न्यूनतम मूल्य १० रुपैया बढाएको थियो, जसअनुसार किसानले प्रतिलिटर ५६ रुपैयाँ ४० पैसाबाट बढेर ६५ रुपैयाँ ५० पैसा पाउन थालेका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस