


सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ ।
कम्पनीले माघ ५ गतेदेखि स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओ बाँडफाँट गरेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रतिकित्ता एक सय अंकित दरमा ११ लाख २० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३६ हजार ८ सय कित्ता सेयर निष्कासन गरेको थियो ।
इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ । कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
कसरि हेर्ने नतिजा :
१) नतिजा हेर्नको लागि नेप्से बजारको साइटमा जानुहोला।
२) साइटमा जान यहा क्लिक गर्नुहोला।
३) लिंक खोलेपछि नतिजा हेर्नको लागि कम्पनि छान्नुहोला।
४) त्यसपछि आफ्नो डिम्याट नम्बर हानेर नतिजा हेर्नु होला।