×
Lagani
Lagani Shiksha gif
आजदेखि खुल्यो मोदी इनर्जीको आईपीओ , कति दिने आवेदन ?



मोदी इनर्जी लिमिटेडले आईपीओ निष्कासन तथा विक्री खुला भएको छ।

कम्पनीले आज देखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गाविस हाल कुश्मा नगरपालिका -३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो।

यसका साथै सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता देखि  अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा चैत ९ गते हुनेछ भने माग बमोजिम आवेदन नपरेमाआयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ढिलोमा चैत २४ गते हुनेछ।

स्थानीय बासिन्दाले सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।  आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इन्फोथेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस