×
Lagani
Lagani Shiksha gif
शुभम पावर लिमिटेडको आईपीओ नेप्सेमा सूचिकृत , कतिमा होला पहिलो कारोबार ?



शुभम पावर लिमिटेडको आईपीओ नेप्सेमा सूचिकृत भएकाे छ ।

आज कम्पनीकाे २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएकाे हाे । कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ४८ रहेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म ओपनिङ्ग रेञ्ज तोक्ने भएको कारण कम्पनीले रू. ८८ दशमलव ४८ देखि २६५ दशमलव ४४ ओपनिङ्ग रेञ्ज पाएको छ।

Lagani Shiksha gif
sharehubapk शुभम पावर लिमिटेडको आईपीओ नेप्सेमा सूचिकृत , कतिमा होला पहिलो कारोबार ?

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SPL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

केहि दिन अघि मात्रै कम्पनीले आईपियो जारि गरेको थियो।  केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस