×
Lagani
Lagani Shiksha gif
अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने



नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो।

Lagani Shiksha gif
sharehubapk अब १५ प्रतिशत बढी ब्याँज दर लिने लघुबित्त कारबाहीमा पर्ने

‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ ।

राष्ट्र बैंकले सहकारी संस्था, लघुवित्त र फाइनान्स कम्पनी फरक संस्था भएको सूचनामै उल्लेख गरेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस