×
Lagani
Lagani Shiksha gif
कतिमा होला शुभम पावर लिमिटेडको पहिलो कारोबार ?



शुभम पावर लिमिटेडको आईपीओ बाँडफाँट भए संगै ओपनिङ्ग रेञ्ज कति होला भन्ने चासो सबैमा रहेको छ।

आज हामीले कम्पनीको वित्तिय अवस्था अध्यान गरि नेप्सेले तोक्न सक्ने ओपनिङ्ग रेञ्जबारे जानकारी लिएर आएका छौ। कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ४८ रहेको छ। नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तिन गुणा सम्म ओपनिङ्ग रेञ्ज तोक्ने भएको कारण कम्पनीले रू. ८८ दशमलव ४८ देखि २६५ दशमलव ४४ ओपनिङ्ग रेञ्ज पाउने छ।

केहि दिन अघि मात्रै कम्पनीले आईपियो जारि गरेको थियो।  केयर रेटिङ्ग नेपालले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत् आयोजनाबाट ९९० किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएको छ, यस आयोजनाको कूल लागत रू. १४ करोड ३९ लाख ९० हजार ८८९ रहेको छ भने प्रतिमेगावाट लागत रू. १४ करोड ५४ लाख ४५ हजार ३४२ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस