×
फेरियो गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णयले ओलीलाई धक्का



सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रतिपक्षमा रहेका नेपाली कांग्रेससहितका ८ दलले नयाँ गठबन्धन बनाएका छन् र, राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

‘आज राष्ट्रपतिको मात्र कुरा भयो। कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं,’ एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले बताए।  ‘राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने टुंगो लागेको छ । उम्मेदवारका सन्दर्भमा कांग्रेसले निर्णय गर्छ ।’ उनले बताए।

IELTS PTE copy फेरियो गठबन्धन, राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णयले ओलीलाई धक्का

प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् ।

शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस