Sep 27,2023 
11:10 AM
Live :
NABIL      596
0.34 % 2
NIMB      180
1.29 % 2
HBL      209
1.21 % 3
NICA      785
-0.46 % -4
MBL      220
-0.9 % -2
SBL      265
1.53 % 4
SHL      454
0.44 % 2
OHL      753
1.07 % 8
NHPC      163
0.62 % 1
STC      5450
-0.92 % -51
NICL      829
3.75 % 30
NLICL      586.5
-0.09 % -1
NLIC      698
1.16 % 8
GUFL      544
-1.98 % -11
CIT      2016.8
0.34 % 7
NTC      877
0.46 % 4
PROFL      329.4
1.98 % 6
GBIME      208
-0.81 % -2
CZBIL      187.2
-0.37 % -1
AHPC      235
-0.42 % -1
HLI      437
0 % 0
JBBL      309
0 % 0
SHINE      389
-0.77 % -3
NBL      250.3
-0.24 % -1
SLBBL      673.2
-3.95 % -28
SKBBL      915
0.55 % 5
GBLBS      525
0 % 0
SHPC      360
0 % 0
MLBBL      789
0 % 0
RIDI      216.7
-1.05 % -2
EBL      589
1.6 % 9
LSL      188
-0.27 % -1
KBL      161
0 % 0
CHCL      502.2
-0.95 % -5
NUBL      642
1.9 % 12
CBBL      970
0.73 % 7
SANIMA      286.6
0.67 % 2
UAIL      580
-0.87 % -5
SALICO      721
1.41 % 10
LICN      1415
0.28 % 4
PRVU      160.5
-1.05 % -2
ICFC      489.8
-0.04 % -0
EDBL      339
0.89 % 3
PCBL      185
-0.22 % -0
ADBL      261
0.38 % 1
SJLIC      565
1.77 % 10
KSBBL      325.9
1.84 % 6
NIMBPO      147.6
-1.73 % -3
FMDBL      664.8
-1.99 % -14
NLG      791.7
-0.04 % -0
RLFL      340
-0.23 % -1
BARUN      248.8
1.97 % 5
HLBSL      673.4
-4.62 % -33
API      195.2
0.36 % 1
MERO      549.1
-1.95 % -11
NGPL      229
0.88 % 2
GRDBL      317.1
-1.95 % -6
DHPL      160
0 % 0
AKPL      205.6
-1.15 % -2
FOWAD      1275
-0.39 % -5
LLBS      739.5
2 % 15
JSLBB      952
1.93 % 18
GILB      866
-3.46 % -31
HIDCL      177
0.57 % 1
HPPL      244
-0.81 % -2
RADHI      235
-0.84 % -2
PMHPL      185
0.54 % 1
UPPER      221.9
0.68 % 2
SHIVM      558.5
0.45 % 3
UPCL      198
-0.5 % -1
MHNL      216
0 % 0
PPCL      250.5
2.24 % 6
GMFBS      702.9
-1.97 % -14
HURJA      258.1
-5.77 % -16
UNHPL      183
-0.49 % -1
SJCL      278.1
-1.56 % -4
NMB50      11.4
1.42 % 0
NRIC      696.9
1.03 % 7
SDLBSL      637
0 % 0
SSHL      161.2
-3.47 % -6
MEN      860
-1.49 % -13
NIFRA      201.2
-0.74 % -2
SHEL      242.2
-1.94 % -5
CHDC      1041
0.1 % 1
SRLI      504
-0.2 % -1
SAHAS      451
-1.2 % -6
NYADI      225
-0.88 % -2
NESDO      1805
-1.1 % -20
RFPL      233.1
-3.28 % -8
DORDI      233.1
-1.65 % -4
UMHL      196
-1.01 % -2
NHDL      359.8
-0.06 % -0
SAEF      11.85
0.77 % 0
KPCL      351.9
2 % 7
AKJCL      171
0 % 0
GHL      202
-1.46 % -3
ALBSL      728.5
1.32 % 10
HDHPC      138
-0.65 % -1
NICLBSL      671
-1.83 % -13
LEC      169.6
-0.82 % -1
SGIC      572
-1.38 % -8
UMRH      386.2
-1.98 % -8
GLH      239.1
-1.81 % -4
JBLB      1412
0.11 % 2
MKJC      363.1
-5.69 % -22
TPC      362
-2.16 % -8
MMF1      7.05
-1.12 % -0
MBJC      287
-1.85 % -5
GVL      383
-1.54 % -6
BHL      235.3
-1.96 % -5
CYCL      1070
-0.01 % -0
MHL      357.1
-2.72 % -10
USHEC      280
-1.06 % -3
PPL      242.1
-1.59 % -4
SIKLES      373
-1.84 % -7
SHLB      935
-1.58 % -15
PHCL      294.1
-1.97 % -6
NIBLGF      7.75
-0.26 % -0
UNLB      1137
-1.98 % -23
SMH      591.7
-3.94 % -24
NICFC      7.83
-1.63 % -0
KDBY      7.84
-2 % -0
BHDC      350
-2.78 % -10
HHL      222.4
-1.98 % -5
UHEWA      337.7
-1.8 % -6
SGHC      249.2
-1.89 % -5
SBID83      925
-0.91 % -9
SPHL      395
-3.71 % -15
EHPL      368.2
-0.75 % -3
BHPL      426.3
1.99 % 8
SMHL      360
-2.7 % -10
SPL      916.8
-2 % -19
KDL      845
-1.27 % -11
SMJC      262.4
-1.98 % -5
BPW      1135.9
0 % 0
DOLTI      239.6
-0.99 % -2
USHL      358.4
-3.91 % -15
SNLI      477
-0.23 % -1
MEHL      270
9.09 % 23
ULHC      281
2.18 % 6
AHL      386.2
-1.48 % -6
TAMOR      265
-1.85 % -5
MHCL      224
5.11 % 11
MAKAR      260.1
-1.85 % -5
MKHL      285
-1.11 % -3
BEDC      239.8
-1.72 % -4
CITY      652
0 % 0
MCHL      294
3.59 % 10
IHL      271
-1.09 % -3
MEL      191
-0.31 % -1
RAWA      378
0.85 % 3
NRM      260
0 % 0
ILI      540
0.37 % 2
GCIL      480
-0.62 % -3
TSHL      405
-3.34 % -14
KBSH      842
-1.98 % -17
RNLI      477
-0.15 % -1
×
के नेपालीहरु विश्वकै सबैभन्दा ‘ग्वाँजे’ हुन्? हाम्रो आइक्यू विश्वमा सबभन्दा कम हो?



पछिल्ला केही दिनमा नेपालको आइक्यू स्तर विश्वभरमै सबैभन्दा कम रहेको दाबीसहितका पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएका छन्।

आइक्यू मानवको बौद्धिक क्षमता मापन लागि उपयोग गरिने एउटा परीक्षण हो। सामाजिक सञ्जालमा भाइरल भएका पोस्टहरुमा नेपाल १९९ देशको सूचीमा अन्तिम स्थानमा रहेको देखाइएको छ। तर हामीले गरेको तथ्य जाँचमा यस्ता दाबी भ्रामक देखिएको छ।

IELTS PTE copy के नेपालीहरु विश्वकै सबैभन्दा ‘ग्वाँजे’ हुन्? हाम्रो आइक्यू विश्वमा सबभन्दा कम हो?

साढे दुई लाखभन्दा बढी फलोअर रहेको ‘गोविन्द गिरी’ नामको फेसबुक पेजमा फेब्रुअरी ८, २०२३ मा ‘वर्ल्ड पपुलेशन रिभ्यु’लाई उद्धृत गर्दै सन् २०२३ मा नेपालको औसत आइक्यू ४२.९९ अंकका साथ सबैभन्दा अन्तिम स्थानमा (१९९ नम्बरमा) रहेको दाबी गरिएको छ। यो पोस्टमा फेब्रुअरी १४ सम्म  २५०० जनाले रियाक्ट गरिसकेका छन् भने २६१ कमेन्ट र ३६० सेयर गरिएको देखिन्छ।

त्यस्तै ५ लाख ३८ हजार फलोअर भएको ‘शिक्षा’ नामको फेसबुक पेजबाट पनि फेब्रुअरी ८, २०२३ मा ‘एउटा प्रतिवेदनले देखाएको’ दावी गर्दै सोही विवरण प्रस्तुत गरिएको छ। यो पोस्टमा ६ दिनमा २८०० रियाक्ट, ४२४ कमेन्ट र १८० सेयर गरिएको छ। एउटा प्रतिवेदन भन्दै स्रोत नखुलाए पनि स्क्रिनसट वर्ल्ड पपुलेसन रिभ्युकै जस्तो देखिएको छ।

त्यस्तै ३ लाखभन्दा बढी फलोअर भएका पूर्व सचिव भीम उपाध्यायको फेसबुक अकाउन्टमा पनि फेब्रुअरी ९, २०२३ मा सोही तथ्यांक पोस्ट गर्दै लेखेका छन्, ‘नेपाललाई विश्वकै नम्बर १ ग्वाँजे राष्ट्र भनिहालेछ।’ उनको पोस्टमा पाँच दिनमा ५९३ रियाक्सन, १६१ कमेन्ट र ३४ सेयर भएको देखिन्छ। उपाध्यायले पनि स्रोत खुलाएका छैनन्। तर स्क्रिनसट हेर्दा यो पनि वर्ल्ड पपुलेसन रिभ्युकै जस्तो देखिएको छ।

यसको तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल पोस्टहरुमा उद्धृत गरिएको स्रोत वर्ल्ड पपुलेसन रिभ्युको साइटमा गयौँ। त्यसमा ४२.९९ आइक्यूका साथ नेपाललाई १९९ देशमध्ये सबैभन्दा पुछारमा राखिएको छ। यो साइटले सन् २००६ देखि २०१९ सम्मका चार वटा रिपोर्ट र वेबसाइटलाई आधार मानेको देख्यौँ।

हामीले क्रमैसँग ती सबै स्रोतहरुलाई हेर्‍यौँ। पहिलो स्रोत Intelligence related to income and climate – 2006 मा क्लिक गर्दा हामी worlddata.info वेबसाइटको IQ compared by countries राखिएको वेबसाइटमा पुग्यौँ।

त्यसमा हेर्दा ११० देशको सूचीमा नेपाल ७७ आइक्युका साथ ९० औँ नम्बरमा रहेको छ। बहमास, बंगलादेश र नेपालको समान ७७ आइक्यु रहेको छ। ५६ आइक्युका साथ इक्वेटोरियल गिनी सबैभन्दा पुछारमा छ।

worlddata.info मा राखिएको सूची जसमा नेपाल पुछारमा हैन ९० नम्बरमा छ। लिङ्क। अर्काइभ लिङ्क। त्यसैगरी हामीले  World Ranking of Countries By Their Average IQ – 2010 लेखिएको अर्को स्रोतको खोजी गर्‍यौँ। यसमा क्लिक गर्दा हामी brainstats.com वेबसाइटको Average IQ by Country लेखिएको पेजमा पुग्यौँ।

यो वेबसाइटमा भने ७८ आइक्युका साथ कंगो, कतारसँगै नेपाल २९ औँ र्‍याङ्कमा रहेको छ। सबैभन्दा पुछारमा ५९ आइक्युका साथ इक्वेटोरियल गिनी नै रहेको छ।

त्यसैगरी भाइरल पोस्टमा उद्‍धृत वेबसाइटले स्रोतका रुपमा उल्लेख गरेको अर्को सामग्री Intelligence: A Unifying Construct for the Social Sciences – 2012 मा क्लिक गर्दा हामी बेलायतको Ulster Institute for Social Research द्वारा सन् २०१२ मा प्रकाशित ‘INTELLIGENCE : Unifying Construct for the Social Sciences’ शीर्षकको पुस्तकमा पुग्यौँ।

सो पुस्तकको १८ औँ पेजदेखि सुरु भएको ‘क्यालकुलेसन अफ फाइनल आइक्यू’ उपशीर्षक अन्तर्गत टेबल २.१ मा वर्णानुक्रम अनुसार विभिन्न देशको मेजर्ड आइक्यू र फाइनल आइक्यू राखिएको छ। यसको पेज नम्बर २६ मा एम र एन अल्फाबेटबाट सुरु हुने देशका नाम छन्।

नेपालको मेजर्ड आइक्यू र फाइनल आइक्यू ७८ रहेको छ। मोजाम्बिक, नामिबिया, नाइजर र नाइजेरियाको मेजर्ड र फाइनल आइक्यु नेपालको भन्दा कम रहेको छ। अर्थात् यो स्रोतमा पनि नेपाल आइक्युमा पुछारमा रहेको देखिँदैन।

नेपालको आइक्यू ४२.९९ को स्रोत के हो ?

भाइरल पोस्टहरुमा उद्धृत गरिएको वर्ल्ड पपुलेसन रिभ्युको साइटमा उल्लेख गरिएका चार स्रोतहरु मध्ये सबैभन्दा नयाँ The Intelligence of Nations – Ulster Institute 2019  मा क्लिक गर्दा हामी सो इन्स्टिच्युटको वेबसाइटमा रहेको इबुकमा पुग्यौँ जसको शीर्षक छ- द इन्टेलिजेन्स अफ नेसन्स। रिचर्ड लिन र डेभिड बेकरद्वारा संयुक्त रुपमा लिखित सो पुस्तकमा भने नेपालको आइक्यू ४२.९९ उल्लेख गरिएको छ।

वाइजभोटर डट कममा रहेको ‘देशहरुको औसत आइक्यू’ पनि नेपालको आइक्यू ४२.९९ भन्दै सबैभन्दा अन्तिममा रहेको उल्लेख छ, जसको स्रोत पनि लिन एन्ड बेकर नै राखिएको छ।

लेखक नै विश्वस्त नभएको तथ्याङ्क

तर, लेखकहरु स्वयं भने नेपालको सो तथ्याङ्कमा विश्वस्त नदेखिएको पुस्तकमा उल्लेख छ। पुस्तकको पेज ११७ मा उनीहरुले टिप्पणी गरेका छन्- ‘नेपालको अनवेटेड नेसनल आइक्यू ४२.७९ रहेको जुन धेरै अकल्पनीय छ। तर विभिन्न अध्ययनहरूमा स्टायन्डर्ड डेभिएसन ४.१० मात्र पाइयो। ४२.९९ मा वेटिङ गरेपछि पनि अङ्क स्थिर नै रह्यो । SAS-IQ गणना गर्नको लागि तथ्याङ्क उपलब्ध थिएन । यसैले हामी न त यो साइकोमेट्रिक आइक्यू अङ्कलाई पुष्टि गर्न सक्छौँ, न त अस्वीकार गर्न।’

पुस्तकमा थप टिप्पणी छ, ‘नेपालीको आइक्यू मापन गर्न प्रयोग गरिएका सबै नमूनाहरू ग्रामीण क्षेत्रका भए पनि हामीले नेपालको राष्ट्रिय आइक्यू छिमेकी देश भारतको राष्ट्रिय आइक्यू (७६.२४) भन्दा धेरै कम नहुने अपेक्षा गर्छौँ।’

तथ्य जाँच

दाबीः नेपालको आइक्यू लेभल विश्वमा सबैभन्दा कम छ।

दाबीकर्ताः फेसबुक प्रयोगकर्ताहरु।

तथ्यः भ्रामक सूचना। भाइरल पोस्टहरुमा उल्लेख गरिएको प्रतिवेदन वर्ल्ड पपुलेसन रिभ्युले आधार बनाएका चार वटा स्रोतमध्ये तीन वटामा नेपाल पूछारमा छैन। अर्थात् नेपालको भन्दा कम आइक्यू रहेका अन्य देशहरु पनि देखिएका छन्। दुई वटा स्रोत (World Ranking of Countries By Their Average IQ – 2010 र Intelligence: A Unifying Construct for the Social Sciences – 2012)मा नेपालको आइक्यू ७८ लेखिएको छ भने एउटा (Intelligence related to income and climate – 2006 )मा ७७। एउटा स्रोत (The Intelligence of Nations – Ulster Institute 2019 ) मा नेपाललाई ४२.९९ आइक्यूसहित पुछारमा राखिएको पक्कै हो। तर त्यो तथ्यांकप्रति लेखकहरु आफै पनि विश्वस्त छैनन्। उनीहरुले नै यो तथ्यांकलाई अकल्पनीय भन्दै नेपालको राष्ट्रिय आइक्यू लेभल छिमेकी भारतको (७६.२४) भन्दा तल नरहेको टिप्पणी सो पुस्तकमा गरेका छन्। ती स्रोतहरुमा समेत आइक्यू अङ्कसहितका यी तथ्याङ्क विवादित भएकोले निकै सावधानीका साथ यसको व्याख्या गर्नुपर्ने उल्लेख छ। तसर्थ नेपालको बौद्धिक क्षमता विश्वमै सबैभन्दा कम रहेको दावी भ्रामक छ। नेपालत थ्यजाचबाट साभार सामाग्री 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस