SMPDA 910 -1 SFEF 9.29 0.22 EBLD86 1040 -2 PFL 652 -1 NBL 292.2 1.2 MEL 292 2 HIDCL 270.7 -4.1 ULHC 390 -7.9 KSBBLD87 1093.4 18.4 SGHC 393.6 0.1 JOSHI 305 -6.8 MBLD2085 1085 6.5 SINDU 667 -6 BFC 625 9.1 NRN 905 -8 MEN 631.1 -3.9 KBSH 2386 -9 CYCL 1540 -7 RSDC 735 0 NMLBBL 769 -11 DORDI 429 -3.3 NTC 980.1 -2.4 RURU 740 -9.8 HDHPC 208.8 -4.1 CLI 634 -4.9 UMRH 475 -1.9 NIL 912 8 C30MF 9.74 0 PBD84 1065 1.7 SICL 832 0 NADEP 1030 -55 RBCLPO 12300 88 BHL 440 -13 NICBF 9.3 -0.08 MKHL 493 -6 KDL 1059 16 SBI 482.9 -6 SAPDBL 569.6 -7.4 PHCL 465.1 -9.9 GCIL 498 -5.8
×
आजदेखि खुल्यो एशियन हाइड्रोपावरको आईपीओ , सबैले आवेदन दिन मिल्ने।



एशियन हाइड्रोपावर लिमिटेडले आज देखि आईपीओ निष्काशन गरेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन  गरी बाँडफाँट समेत गरिसकेको छ । कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतका दरले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा र ४२ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरी कम्पनीका कर्मचारीहरुको लागि १६ हजार ८ सय  कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।

लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्काशन बन्द छिटोमा फागुन २ गते हुनेछ भने ढिलोमा फागुन १२ गते हुनेछ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस