×
Lagani
Lagani Shiksha gif
बैंक खाता विवरण सार्वजनिक भएकाेमा प्रेम आचार्यकी श्रीमती नानुकाे आपत्ति



आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्।

बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन्। बैंक खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।

Lagani Shiksha gif
sharehubapk बैंक खाता विवरण सार्वजनिक भएकाेमा प्रेम आचार्यकी श्रीमती नानुकाे आपत्ति

गृहजिल्ला इलाममा श्रीमानकाे दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन्।

‘मेरो श्रीमानले मलाई पैसा आओस् भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन। अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु। तर, सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ,’ उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन। सहयोगी मनबाट सहयोगस्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभावी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ।’

उनले आफनो गोपनीयता भंग गर्ने बैंक र कर्मचारीविरुद्ध काठमाडौंमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन्। सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमई बैंकको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयमा आफू जानकार भएको उनले बताइन्। ‘हिजो (बुधबार) सांसदहरूले उठाउनुभएको विषयमा थोरै जानकार छु। सांसद मोहन बस्नेतले काठमाडौंमा केही समयअघि रोजगारी र नानीहरूको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो,’ उनले भनिन्। सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन्। उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिका रूपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैंक खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ।

श्रीमान् प्रेमप्रसाद आचार्यको माग पूरा गराउन दाहसंस्कारको काम सकिनेबित्तिकै काठमाडौं आउने उनले बताइन्। उनले भनिन्, ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु। उहाँलाई सहिद घोषणा गर्न माग पनि गरेकी छु।’ रासस

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस