EBLD85 1105 5 BHDC 583 5.4 NIFRA 280 -5 SBLD89 1200 16.1 GLH 244 -2 MPFL 751 5 RIDI 235 0 SBD87 1048 11.9 MFLD85 1050 -20 BGWT 934.9 -21.1 ACLBSL 1035 0 HATHY 1322 13 EBL 605 5 NIBLSTF 8.68 0 BHPL 655.1 -12.7 RADHI 397.9 7.9 MKCL 1497 -26 MNBBL 395.8 -0.8 NUBL 730 2.8 RURU 740 -9.8 JBLB 1534 -3 SMFBS 1505.2 6.2 NICD88 1032 -21 CHDC 1684 -35.9 BNT 14350 -50 SONA 473.2 -7.8 MBLD2085 1085 6.5 MKHC 339 -1 NIL 912 8 SCB 691.1 3.6 SLBBL 958.9 -4.2 ALBSL 1040 -4 GBIME 256.1 -4.4 RFPL 532 11.1 SMPDA 910 -1 SHPC 525 -3.9 ANLB 4453.1 47 SHEL 242.9 -4.7 NIBSF2 8.9 0.08 TRH 1118 -5
×
रवि राजनीतिमा नआएको भए अदालत जाने थिएनः युवराज सफल



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली नागरिकता नलिएको भन्दै समाजवादी केन्द्र, नेपालका अध्यक्ष युवराज पौडेल (सफल)ले सर्वोच्चमा रिट निवेदन दिएका थिए।

लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले माघ १२ गते गरेको फैसलाले उनको सांसदसँगै उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुम्यो। रिट निवेदक सफलले लामिछाने उच्च ओहोदामा पुगेकै कारण आफू अदालतसम्म पुगेको बताएका छन्।

नागरिकसँगको कुराकानीमा सफलले लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका अझै नहटेको बताए। १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किए। पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ।

राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछानेमाथि छ। लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे पनि उनको अमेरिकी नागरिकताबारेको आशंका हटेको छैन।

लामिछानेको अमेरिकी नागरिकता सम्बन्धमा सरकारी निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसकेकाले शंका गर्ने ठाउँ रहेको हो। ‘उहाँ (लामिछाने) ले अझैसम्म अमेरिकी नागरिकता त्यागेरनत्यागेको विषयमा आधिकारिक प्रमाण आएको छैन,’ युवराज पौडेल (सफल) भन्छन्, ‘नेपाल सरकारका निकायले अमेरिकी सरकारसँग मागेको जवाफ नआइसक्दै विश्वास गरिहाल्नुपर्ने अवस्था छैन।’ नागरिक दैनिकबाट 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1000


0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस