×
हुलास स्टीलले ल्यायो ‘हुलास १०० लखपति योजना’ , दैनिक २ जनालाई १ लाख उपहार दिने।



हुलास स्टील कम्पनीले हुलास १०० लखपति योजना सार्वजनिक गरेको छ ।

कम्पनीको अनुसार न्यूनतम ३ बण्डल हुलास रंगिन जस्तापाता खरिदमा ग्राहकहरु यास योजनाको ‘लक्की ड्र’मा सहभागी हुन सक्नेछन् । माघ १५ शुरु भएको यस योजना चैत १५ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ । ग्राहकले लक्की–ड्र मा सहभागी हुन उपलब्ध गराइएको कुपन र भ्याट बिलको फोटो खिचेर एक–एक प्रति ९८०१२१२६२६ नम्बरमा वाट्सएप वा भाइबरमा पठाउनु पर्ने छ । कम्पनीको अनुसार एउटा भ्याट बिल र कुपन एक पटक मात्रै लक्की–ड्रमा सहभागी हुन पाउने छन् ।

ग्राहकले ३ बण्डलभन्दा बढी जस्तापाता खरिद गरेको खण्डमा कम्पनीले हरेक ३ बण्डलमा थप १ कुपन लक्की ड्र मा सामेल गराउने छ । योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिक फेसबुक पेजबाट लक्की ड्र मार्फत २ जनालाई प्रति व्यक्ति १ लाख नगद उपहार घोषणा गरिने कम्पनीले जानकारी दिएको छ ।

हुलास स्टील लखपति मा पहिलो दिनको विजेतामा कृष्ण अधिकारी ( मिलन हार्डवेयर—भरतपुर, चितवन मार्फत) र भिमाद खानेपानी उपभोक्ता तथा सरसफाई समिति  ( धौलागिरी सप्लायर्स—नारायणगढ, चितवन मार्फत) चयन भएका छन् ।

यस योजनामा सहभागि हुनको लागि नियमहरु यसप्रकार रहेका छन्  :

१. यस योजनामा सहभागी हुनका लागि हुलास जस्तापाताको आधिकारिक डिलर, शाखा कार्यालय, डिपो तथा बिक्रेताबाट मात्र खरिद गर्नु पर्नेछ।
२. खरिद बमोजिम भ्याट बिल अनिवार्य काटिएको हुनु पर्नेछ।
३. न्युनतम ३ बण्डल हुलास जस्तापाताको खरिदमा कम्पनिबाट एउटा भाग्यशाली कुपन उपलब्ध गराइने छ । सो भन्दा बढी खरिद गरिएको खण्डमा भ्याट बिलमा उल्लेखित संख्या बमोजिम ६ बण्डलमा २ वटा, ९ बण्डलमा ३ वटा अनुरुप हरेक ३ बण्डलको गुणनको हिसाबमा थप १ कुपन कम्पनिले लक्की ड्रमा सामिल गरीदिनेछ ।
४. योजना अवधीभर हरेक दिन हुलास स्टिलको आधिकारिकफेसबुक पेज बाट लक्की ड्र मार्फत २ जनालाई प्रति व्यक्ति रु. १ लाख नगद उपहार घोषणा गरिनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस