EBLD85 1105 5 SFEF 9.29 0.22 MHNL 265.5 -0.5 SGIC 641.2 -4.8 PBLD87 1028 -2 CGH 909 -5 CHCL 568.9 -8.1 GBLBS 738 -10 LVF2 9 0 UNL 48870 -930 EDBL 645 -1.9 GRDBL 743 5 SEF 9.51 -0.24 SLBSL 1398.4 21.4 TAMOR 482.9 -2.1 UHEWA 476 -11 KDBY 9.21 -0.23 UMHL 308 -4 KBL 234 -6.9 RLFL 625 6.9 WNLB 2650 -80 SWBBL 1065 2.1 MHCL 410 -7 MEN 631.1 -3.9 SMATA 875 -16 RADHI 397.9 7.9 LICN 1995.9 -27.1 SDBD87 1035 4 NICSF 9.5 0.25 NLICL 606 -4 ANLB 4453.1 47 CITY 805 -17 EBL 605 5 NIFRA 280 -5 NRM 426.1 -4.9 NABBC 631 -12 KPCL 493 -0.8 LBLD86 1081 -0.2 GBBL 447 -6 SIKLES 707 -3
×
रविलाई गृहमन्त्रीमा पूनः बहाली गर्न एमालेको दबाव , प्रधानमन्त्री प्रचण्डले मानेनन् !



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भैरहेको छ।

नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । तर, ओलीको दबाब प्रचण्डले नमानेको चर्चा छ ।स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् ।

यसअघि सरकार गठनमा भागबण्डा मिलाउँदा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको थियो । सोही सहमतिअनुसार गृहमन्त्रालयसहित रास्वपा सरकारमा सहभागी भएको थियो । तर, सो पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएको र सर्वोच्च अदालतले शुक्रबार उनी सांसद र मन्त्री हुन अयोग्य भनेपछि अहिले गृहमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीको काँधमा छ ।

रविले  आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका छन्। लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वाेच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस