×
Lagani
Lagani Shiksha gif
ह्याकहरुको आक्रमणले सरकारी वेबसाइट डाउन , त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकियो !



नेपालको सरकारी सर्भरमा समस्या आउँदा नेपालमा सरकारका सबै वेबसाइट डाउन भएका छन् ।

विहानदेखि नै सर्भरमा समस्या आएको र  दिउँसोदेखि सर्भर डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । सरकारी सर्भरमा समस्या आएका कारण नेपाल सरकार अन्तर्गतका सबै निकाय तथा कार्यालयका वेबसाइट खुलेका छैनन् । सरकारी वेबसाइट नखुल्दा त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk ह्याकहरुको आक्रमणले सरकारी वेबसाइट डाउन , त्रिुभवन विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसमेत रोकियो !

सर्भरमा ह्याकहरुको आक्रमण भएका कारण सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले बताए । उनका अनुसार यो समस्या आधा घण्टाभित्र समाधान गर्ने गरी काम भइरहेको छ ।

बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए । ‘एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो । बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो देखिन्छ । अबको ५/१० मिनेटमा सबै समस्या समाधान हुन्छ,’ उनले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस