×
Lagani
Lagani Shiksha gif
चितवन २ मा उपनिर्वाचन हुने



चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

आज अदालतको फैसालाले  चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

Lagani Shiksha gif
sharehubapk चितवन २ मा उपनिर्वाचन हुने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्ने छ।  सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस