UNL 48870 -930 SBID83 1098 8.7 CIT 2195 0 DORDI 429 -3.3 ACLBSL 1035 0 ULBSL 3199 37 HEI 648 -10 SMHL 613.1 -4 NICD88 1032 -21 DHPL 242 1 VLBS 902.5 -7.5 CMF2 9.21 -0.1 SHIVM 599 -8 SALICO 747 -9.1 PFL 652 -1 PCBL 292 -2 CGH 909 -5 WNLB 2650 -80 HIDCL 270.7 -4.1 NIBLSTF 8.68 0 SDBD87 1035 4 LLBS 1050 5 MKHL 493 -6 SGIC 641.2 -4.8 BPCL 449 -7 MKHC 339 -1 SICL 832 0 MHNL 265.5 -0.5 NICA 452 -13 SIFC 628 10 CHL 353 0.4 NGPL 472 -2.9 NLICL 606 -4 PBLD87 1028 -2 RHPL 364 -5.2 CITY 805 -17 NSIF2 10.52 0.02 SHL 512 -4.5 NMB 263.9 -7.1 NICAD8283 1169.8 86.8
×
चितवन २ मा उपनिर्वाचन हुने



चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ ।

आज अदालतको फैसालाले  चितवन २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रवि लामिछानेको उम्मेदवारी र उनी निर्वाचित भएको निर्णय खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन हुने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार संघीय संसद सचिवालयबाट सांसदको पद रिक्त भएको जानकारी आएपछि सरकारको परामर्शमा निर्णय गरेर निर्वाचन आयोगले नै उपनिर्वाचनको मिति तोक्ने छ।  सर्वोच्च अदालतको आदेश संघीय संसद सचिवलायमा पेश भएर त्यहाँबाट जानकारी पाएपछि आयोगले प्रक्रिया थाल्छ ।

सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले कानुनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गर्दै उनलाई दोषि ठहर गरेको हो । लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्ह थिए ।

नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लगायत नेपाल नागरिकता नियमावली, २०६३ को नियम ११ बमोजिम तोकिएको प्रक्रिया बमोजिम नागरिकता जारी गर्ने कार्यालयमा गई निवेदन नदिएको पनि अदालतले ठहर गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस