×
Lagani
Lagani Shiksha gif
नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू



ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएर गुन्जी भारतको नभएको बताएको छ ।

मोर्चाले प्रधानमन्त्री मोदीलाई ५ बुँदे ज्ञापनपत्र पठाएर गुन्जी  नेपालको रहेकाले दाबी नगर्न आग्रह गरिएको मोर्चाका मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जानकारी दिए ।

Lagani Shiksha gif
sharehubapk नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

भारतले नेपालको सार्वभौमसत्ताको सम्मान गर्नुपर्ने भन्दै उनले यसबारे भारतीय प्रधानमन्त्री मोदीलाई ध्यानाकर्षण गराउँदै गुन्जी क्षेत्रमा हुने भारतीय गतिविधि अन्त्य गर्न माग गरिएको उनले जानकारी दिए ।

‘क्षेत्रफलका हिसाबले  सानो र सैनिक संख्या कम भएको भन्दैमा नेपालको भन्दा भारतको सार्वभौमसत्तालाई ठूलो मान्न सकिँदैन र यो सार्वभौमसत्ताको अन्तर्राष्ट्रिय परिभाषा पनि होइन । अतः गुन्जीलाई भारतको भाइब्रेन्ट भिलेज प्रोजेक्टमा समावेश गर्ने योजना रद्द गरी गुन्जीमाथिको नेपालको सार्वभौमसत्ताको उच्च सम्मान गरियोस्,’ भारतीय प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष नेपालले जानकारी दिए । .
नेपालका प्रधानमन्त्रीसहित पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, भुटान , अफगानिस्तान र माल्दिभ्सका साथै सार्क सचिवालयलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा मोर्चाले भनेको छ, ‘नेपाल र भारतका प्रधानमन्त्रीहरूले यी दुई देशका बीचको सम्बन्धलाई अद्वितीय भने पनि व्यवहारमा त्यस्तो बिलकुलै देखिँदैन र अद्वितीय भन्ने लवज केवल एउटा भावुक पदावली बनेर रहेको छ ।’

२०२२ को भारतको बजेटमा गुन्जी गाउँमा २ अर्ब भारतीय रुपैयाँ खर्च गर्ने भनेको र यसबारे नेपाल सरकार मौन रहँदै आएको उनले बताए ।

नेपालको जमिन कब्जा गरी त्यहाँ सेना तैनाथ गरेर भारतले आफ्नो गणतन्त्र दिवस मनाउँदा नेपालीहरूले यसलाई साधारण रूपमा लिन्छन् भन्ने सोच्नु भारतको भूल रहेको भन्दै उनले मोर्चाले भारतको ७४औँ  गणतन्त्र दिवसका अवसरमा ५ बुँदे ज्ञापनपत्र पठाएको जानकारी दिए ।
भारतले हरेक वर्ष २६ जनवरीमा गणतन्त्र दिवस मनाउने गरेको छ ।

newskarkahna news449740. नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस