ALICL 700 -5 BGWT 977.3 -12.7 MEN 658.3 -5.7 KBL 194 -2.6 NIBLSTF 9.28 0 ANLB 2644 -96 USHEC 553 2.4 CZBIL 225.1 -4.4 CITY 821 -28 PROFL 493 13 MLBSL 2094 -20 AKPL 210 -8 MBL 225 -2.5 ULBSL 2362 -34 UMHL 300 -14.9 GMFBS 1896 -39.3 MKJC 593.1 -9.9 SFMF 10.77 0.02 LUK 9.75 0.05 CFCL 600 -8 MMF1 8.06 -0.1 ADBL 341.5 -2 LICN 1585 -5 SICL 844.9 -3.9 NLG 904.6 19.6 NIMBPO 174 -6.9 NUBL 790 -27 SAPDBL 459.3 -0.7 HIDCL 205.4 -2.5 IHL 523 -9 MLBLD89 1058.6 -21.5 ADBLD83 1080 20 MERO 879 -6 SIGS3 10 -0.01 SBID83 1050 4.5 MBLD87 945.9 -2.8 RFPL 435 -25 CORBL 613 -14.5 TSHL 621 -39 TRH 1019 6
×
कहिले हुदै छ कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट ?



कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँटअर्को हप्ता गर्ने भएको छ।

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ अनुसार कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँट अर्काे साता हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् जुन माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ  गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा जम्मा ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् भने बाकि १३ लाख बढी आवेदकको हात खालि रहने छ।

कम्पनीले सर्वसाधारणको लागि ८ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्काशनका गरेको हो। आईपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस