SLCF 9.21 -0.1 KBLD89 1156 1 SBL 345 -8.1 HLBSL 1010 -10 ANLB 4453.1 47 SFEF 9.29 0.22 MBLD2085 1085 6.5 NMFBS 1435 1 NICA 452 -13 KDBY 9.21 -0.23 SMJC 574 -6 PSF 9.51 -0.09 NLIC 814 -13.4 KBL 234 -6.9 GLH 244 -2 KBLD86 1115 0 EBLD85 1105 5 NFS 1350 -43 MSLB 1564 -70 BGWT 934.9 -21.1 MBJC 321 -8 SINDU 667 -6 HDL 1423.1 49.1 SGIC 641.2 -4.8 USHL 783.2 -13.7 AHL 651 2 LICN 1995.9 -27.1 SHIVM 599 -8 MLBSL 2000 -26 GBILD86/87 1030 4 LBBL 475 -4.8 EBLD86 1040 -2 AVYAN 909 -6 NICD88 1032 -21 TAMOR 482.9 -2.1 SBCF 9 -0.2 CMF1 10.5 -0.2 DDBL 916.2 3.1 CIZBD90 1081 1 PCBL 292 -2
×
आज वसन्त पञ्चमी , माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै ।



आज माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी पर्व, माता सरस्वतीको पूजाआराधना गरि मनाइँदै छ ।

यसवर्ष माघ १२ गते बिहीबारका दिन मीन राशिमा चन्द्रमा शुभयाेगमा रहेकाे समयमा परेकाले शुभ फलदायी तथा सिद्धियाेगका रुपमा हेरिरहेको छ। यस्ता समयमा मांगलिक कार्यहरु गर्दा कार्य सफलताको याेग सुरु गरिएका कार्य सफल हुने मूहुर्त याेगमा उल्लेख गरिएको छ ।

देवगुरु बृहस्पति ग्रहकाे बार र मीन राशिमा चन्द्रमा बसेकाे अवस्थामा  वसन्त पञ्चमी पर्वकाे संयाेग जुर्नुलाई  अत्याधिक पवित्र दिनका  रुपमा शास्त्रमा ब्याख्या गरिएको छ। विशेषगरी सरस्वती माताको पूजा आराधना तथा साधनासहित वसन्त पाठ श्रवण गर्नुपर्ने नियम रहिआएको छ। काठमाडौंकाे बसन्तपुरमा राष्ट्र प्रमुखले वसन्त पाठ श्रवणगर्नुपर्ने परम्परा पनि रहेकाे छ । वसन्त पञ्चमीमा ज्ञान, वाणी, बुद्धि तथा विवेककी अधिष्ठात्त्री देवीको रुपमा पूजा तथा आरधना गर्ने शास्त्रीय नियम रहिआएको छ ।

विशेषगरी शुक्लपक्षको पञ्चमी तिथि, पूर्ण तिथि तथा गुप्त नवरात्रको समय चलिरहेकाले विद्या तथा विभिन्न कला साधनाका लागि विशेष फलदायी र पूर्णरुपमा सफल हुने भएकाले आजको दिनलाई विशेष रुपमा व्यख्या गरिएको छ । पहिलोपटक विद्या आरम्भ गर्ने बालबालिकाले आजका दिनदेखि अक्षर शुभारम्भ गरेमा विद्या पूर्ण हुने शास्त्रमा उल्लेख गरिएको छ । नाक, कान छेडेर मुन्द्रा, फुली लगाएमा अटल सौभाग्य रहिरहने र सरस्वतीको पूर्ण कृपा रहने शास्त्रमा व्याख्या गरिएको छ ।

बुद्ध परम्परामा पनि यस पर्वलाई विशेष महत्वका साथ मनाउने प्रचलन छ । हिन्दू र बौद्ध परम्परामा रही आएको अहिंसाको सिद्धान्तलाई जीवजन्तु, रुखबिरुवा तथा समष्टिगत जगतसहित  मानव जातिलाई नै ज्ञानकारुपमा धार्मिक पर्वहरुले एक-अर्कामा जाेड्नेकाम गरेकाे छ ।

ज्ञानकारक ग्रह वृहस्पति तथा भगवान विष्णुको अवतारका रुपमा बुद्ध भगवानको पूजा गर्ने शास्त्रीय नियम रहिआएको छ । हाम्रा सबै सनातन पर्व आध्यात्मिक भावनाले ओतप्रोत छन् । व्रत, पर्व र अनुष्ठानहरु, लौकिक र आध्यात्मिक उन्नतिका सशक्त साधन हुन र यिनीहरुबाट आनन्दको उल्लासका साथै उदात्त जीवन जीउने प्रेरणा मिल्दछ । वास्तवमा सम्पूर्ण सृष्टिको उद्भव आनन्दबाट नै हुन्छ । दुःख, भय, शोक, मोह र अखण्ड आनन्दको प्राप्ति नै सबै व्रत–पर्वहरुको परम् लक्ष्य हो ।

देवी भागवत एवं ब्रह्मवैवर्तपुराणमा वर्णित कथाहरुको आधारमा सबैभन्दा पहिले भगवान् नारायणले वाल्मीकिलाई सरस्वतीको मन्त्र बताएको शास्त्रमा उल्लेख छ ।  त्यसैको जपले गर्दा उनमा कवित्व शक्ति आएकोे थियो भन्ने कथन छ । जुन मन्त्र यस प्रकार छ– श्रीं ह्रीं सरस्वत्यै स्वाहा। यस मन्त्रको चार लाख जप गर्नाले मन्त्र सिद्धि हुन्छ ।

महर्षि वाल्मीकि, व्यास, वसिष्ठ, विश्वामित्र, शौनक आदि ऋषिहरु वहाँकै साधनाबाट कृतार्थ भए । व्यासजीको सानो व्रतको प्रभावले प्रसन्न भएर सरस्वतीले भन्नुभयो– व्यास, तिमीले मेरो प्रेरणाद्वारा रचिएको वाल्मीकि रामायण पढ । त्यो मेरो शक्तिले गर्दा सम्पूर्ण काव्यहरुको सनातन बीज बनेको छ । त्यसमा श्रीरामको चरित्रको रुपमा म साक्षात् मूर्तिमती भएर रहेकी छु । आफूले चाहेको वर प्राप्त गर्नका लागि विश्वविजय नामक सरस्वती कवचको पनि विशेष व्याख्या गरिएको छ ।

सरस्वतीको यस अद्भूत विश्वविजय मन्त्र तथा कवचलाई धारण गरेर नै व्यास, ऋष्यशृंग, भरद्वाज, देवल, जैगीषव्य आदि ऋषिहरुले सिद्धि पाएका थिए । यस कवचलाई सर्वप्रथम भगवान् श्रीकृष्णले वृन्दावनमा रासलीलाको समयमा ब्रह्माजीलाई सुनाउनुभएको थियो । त्यसपछि ब्रह्माजीले गन्धमादन पर्वतमा भृगुऋषिलाई उपदेश दिनुभयो । सरस्वतीको उपासना कालीको रुपमा गरेर नै कालिदासले ख्याती पाए । गोस्वामी तुलसीदास भन्नुहुन्छ– पापनाश गर्ने भएकीले गंगा र अज्ञान नाश गर्ने भएकीले सरस्वती दुवै समान रुपमा पवित्रताका कारक हुन् ।

विद्या र सद्बुद्धि प्रदान गर्ने भएकाले सरस्वतीका उपासकहरु यस दिन विद्या प्राप्तिको उद्देश्य लिएर निष्कपट एवं शुद्ध भावनाले दिव्यता र भव्यताका साथ भगवती सरस्वतीको आराधना गर्दछन् । हरेक कार्यहरु गर्दा भावना अर्थात् विचारको ठूलो महत्त्व हुन्छ । यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी अर्थात् जसले जस्तो भावना लिएर कार्य गर्दछ, फल पनि अवश्य नै तदनुरुप मिल्दछ । त्यसैले हामी सबैले सद्बुद्धि प्राप्त होस् भन्ने भावना लिएर सरस्वती पूजा गर्दा अवश्य राम्रो हुन्छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस