×
Lagani
Lagani Shiksha gif
सिट बेल्ट नलगाएको कारण बेलायती प्रधानमन्त्रीलाई जरिवाना



बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।  इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए । ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई  ५० पाउण्ड  जरिवाना गरेको हो ।

Lagani Shiksha gif
sharehubapk सिट बेल्ट नलगाएको कारण बेलायती प्रधानमन्त्रीलाई जरिवाना

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।  यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस