STC 5908 9 SINDU 667 -6 NWCL 975 -13.9 MKHL 493 -6 SFEF 9.29 0.22 PPCL 262 -5.2 MERO 760 0.5 LBBL 475 -4.8 BFC 625 9.1 SLBSL 1398.4 21.4 ALBSL 1040 -4 NBLD87 1020 -8 UPPER 214.2 -1.8 ACLBSL 1035 0 MSLB 1564 -70 SPC 520 5 ULHC 390 -7.9 LVF2 9 0 MKJC 467.9 -1 SRLI 443.1 -4.9 SWBBL 1065 2.1 NMFBS 1435 1 KSY 9.22 -0.19 SHINE 473 -1.8 MBJC 321 -8 PBD84 1065 1.7 MND84/85 1030 2 NMBD87/88 1027 -3 NLO 242.1 0 SBI 482.9 -6 KEF 9 0.28 MHCL 410 -7 NESDO 2229 -18 TVCL 461 1 AVYAN 909 -6 MPFL 751 5 NIL 912 8 SMB 1809 4 SBID83 1098 8.7 NICLBSL 705.5 -7.5
×
सिट बेल्ट नलगाएको कारण बेलायती प्रधानमन्त्रीलाई जरिवाना



बेलायती प्रहरीले प्रधानमन्त्री ऋषि सुनकलाई सिट बेल्ट नलगाई कारमा चढेको भन्दै जरिवाना सुनाएको छ ।

सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो क्लिपको आधारमा प्रहरीले उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको थियो ।  इङ्गल्याण्डको उत्तरमा यात्रा गर्दा उनले सिट बेल्ट नलगाई आफ्नो कारको पछाडिको सिटमा भिडियो खिचेका थिए । ट्राफिक नियमको उल्लंघन गरेको भन्दै लन्काशायर प्रहरीले उनलाई  ५० पाउण्ड  जरिवाना गरेको हो ।

‘लन्काशायरमा गुडिरहेको कारमा सिट बेल्ट नलगाएका लन्डनका ४२  वर्षीय व्यक्तिलाई  जरिवाना  गरेका छौँ’, लेन्काशायर प्रहरीले ट्वीट गरेको छ । २८ दिनभित्र सम्बन्धित निकायमा सो जरिवाना तिरिसक्नुपर्ने प्राप्त विवरणहरुमा जनाइएको छ ।

सामान्यतया सिट बेल्ट नलगाएका यात्रुलाई १०० पाउन्डसम्म जरिवाना गर्न सकिने प्रावधान छ ।  यसैबीच, प्रधानमन्त्री सुनकले माफी मागेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस