C30MF 9.74 0 BBC 4255 50 NTC 980.1 -2.4 NWCL 975 -13.9 HDHPC 208.8 -4.1 NBL 292.2 1.2 SADBL 419 -1 CLI 634 -4.9 HBL 260 -13 MANDU 885 -14 SANIMA 326 -10.2 CIZBD86 1060 -10 JBLB 1534 -3 SMATA 875 -16 TSHL 909 -11 SFCL 704.1 63.6 PRIN 968 4 NICL 990.2 -4.8 SWBBL 1065 2.1 EDBL 645 -1.9 GBBLPO 205 0 NLICL 606 -4 SEF 9.51 -0.24 MEN 631.1 -3.9 KBSH 2386 -9 UMHL 308 -4 KDBY 9.21 -0.23 SMJC 574 -6 SPHL 666.9 16.9 SIKLES 707 -3 HEIP 381.8 20.8 GBILD86/87 1030 4 MBLD2085 1085 6.5 SBID83 1098 8.7 SCB 691.1 3.6 SDBD87 1035 4 MSHL 938 3 NBF2 9.15 -0.05 CFCL 647 27.1 MMF1 8.98 0.1
×
तीन हजार एकसयबाट सुरु गरेर तीन अर्वको सम्पती !



भक्तपुरकै सवैभन्दा ठूलो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको सम्पती २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जनाएको छ ।

३१ जनाको तीन हजार एक सय रकमबाट सुरु भएको संस्थाले हाल १६ हजार एक सय २३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी गराइएको हो । संस्थाको २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा भएको सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविरमा बोल्दै अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुति दिए ।

सिद्धि गणेश ऐन, कानुन तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भैरहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको विचार व्यक्त गरे । संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने बताइन् ।

सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको जानकारी उनले दिइन् । आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णुप्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखि शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको बताए ।

तत्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गरे । ५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमाला, उपसमिति सदस्य रामहरी ताम्राकारले सहकारीको महत्वबारे चर्चा गरे ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस