×
Lagani
Lagani Shiksha gif
महानगरका कार्यशैलीप्रति प्रश्न गरेपछि मेयर बालेन असंयमित बन्दै !



महानगरपालिकाका कार्यमाथि प्रश्न गर्दा मेयर बालेन साह असंयमित हुन थालेका छन् ।

कुनै व्यवस्थापनबिनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिने गरेका छन् । हिजो राति कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले प्रश्न गर्दा यस्तो देखिएको हो।भण्डारीले मेयर साहलाई त्यसग गरि प्रश्न सोध्दा मेयर बालेनले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन् ।

Lagani Shiksha gif
sharehubapk महानगरका कार्यशैलीप्रति प्रश्न गरेपछि मेयर बालेन असंयमित बन्दै !

भण्डारीले ” यस्को उत्तर दिउँ ५ बर्ष चुट्किमा सकिन्छ । बिरोधीको आवाजलाई बिकासको DATA ले दबाउन सकिन्छ। तर भत्काको बाहेक बनाको देखिन,भन्नेको संख्या बडि भईसको । साथी अब बनाम , भत्काउन पुग्यो। 😊 है अब बनाम पुग्यो भत्काउन ” भनेर प्रश्न गरेका थिए। मेयर बालेनले निर्देशक भण्डारीको व्यवासयमाथि उल्टो प्रशन् गर्दै कमेन्टमा लेखेका छन् , ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

मेयर साहले यस्तो जवाफ दिएपछि सामाजिक सञ्जालमा लामो बहस सुरु भएको छ।  त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – “मैले प्रस्न सोधेको  माफ पाउ श्री ८ बालेन शाह। भत्काउनुबाहेक के बनाउनुभयो ?????”

दोस्रो प्रश्नमा मेयर बालेन साहले  निर्देशक भण्डारीलाई भाइ सम्बोधन गर्दै मेयर साहले प्रश्न सोध्न पाइने तर दारु खाएर रातिराति दु:ख दिन नपाइने बताएका छन् । मेयर साहले भण्डारीलाई लेखेका छन् , ‘प्रश्न सोध्न पाइन्छ भाइ । काम गरिराखेको मान्छेलाई दारु खाएर रातिराति दु:ख दिन पाइँदैन . तिम्रो गाउँको मेयरले के गर्दैछ थाहा छ ? ‘

bishal bhandari balen shah a महानगरका कार्यशैलीप्रति प्रश्न गरेपछि मेयर बालेन असंयमित बन्दै !

विशाल भण्डारीले गरेको प्रश्न र बालेन साहको जवाफ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस