×
Lagani
Lagani Shiksha gif
एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन



नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित कोइरी कर्तव्य ज्यान मुद्दामा फरार रहेका छन्।  फरार प्रतिवादी संसदमा उपस्थित भएको विषयमा प्रश्न उठेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पक्राउ गर्न निर्देशन दिएपनि  तर कोइरी पक्राउ परेका छैनन् ।

Lagani Shiksha gif
sharehubapk एमाले सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

शुक्रबार गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै उपप्रधान तथा गृहमन्त्रीले पटकपटक दिएको मौखिक निर्देशन कार्यान्वयन नभएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।  विज्ञप्तिमा भनिएको छ, ‘निज प्रतिवादीलाई कानुन बमोजिम पक्राउ गरी तत्काल कारबाही पक्रिया अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्रचार गरेको व्यहोरा अनुरोध छ ।’

यसअघि सांसद कोइरी संसद्‍ बैठकमा उपस्थित भइरहँदा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै कारबाही बढाउन नसकेको भन्दै नेपाली कांग्रेसका सांसदहरूले पनि प्रश्न उठाएका थिए ।

कोइरीमाथि मधेस आन्दोलनका क्रममा घाइते भई अस्पताल लैजाँदै गरेका सई थमन थापालाई एम्बुलेन्सबाट थुतेर हत्या गरेको अभियोग छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस