UNHPL 266 0 NICBF 9.3 -0.08 BHL 440 -13 PBLD87 1028 -2 SHINE 473 -1.8 DORDI 429 -3.3 SWMF 812 -13 SCBD 1111 6 NFS 1350 -43 UPPER 214.2 -1.8 NIMB 241.9 -9.1 DLBS 1374 30 SMB 1809 4 KDL 1059 16 USHEC 523 -7 NRN 905 -8 GLBSL 1600.4 -29.6 SHLB 1886.9 1.9 FMDBL 758 -0.1 GBLBS 738 -10 HIDCL 270.7 -4.1 SLBSL 1398.4 21.4 JBBL 351 -3.1 KPCL 493 -0.8 SMHL 613.1 -4 SNLI 585.1 -0.9 SAHAS 505 28 MBLD2085 1085 6.5 JBLB 1534 -3 EBLD85 1105 5 HRL 861 -4 ALICL 714.5 -1.2 GUFL 735 5 NTC 980.1 -2.4 SCB 691.1 3.6 SFEF 9.29 0.22 NICA 452 -13 SAMAJ 3321.1 1.1 CGH 909 -5 USLB 1467 -2.9
×
१७ वर्षीय अविनाशले बनाए ‘इ–स्कुटर’



मध्यनेपाल नगरपालिका–६ भोर्लेटारस्थित ईशानेश्वर मावि कक्षा १२ मा पढ्ने अविनाश गुरुङले स्कुटर बनाएका छन् । उनी अहिले १७ वर्षका भए ।

मध्यनेपाल–८ डडुवामा कक्षा ८ पास गरेपछि ईशानेश्वर माविमा भर्ना भएका उनले प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषय रोजे । तर उनको मन भने इन्जिनियरिङ विषयमा मोडियो । त्यतिबेला नै डोजर बनाएर सबैलाई चकित पारेका अविनाशले यसपटक ‘इलेक्ट्रिक स्कुटर’ बनाएका हुन् ।

अविनाशले ‘इलेक्ट्रिक स्कुटर’ लाई मेला महोत्सवतिर पनि प्रदर्शन गर्ने गरेका छन्  । यसमा इलेक्ट्रिक भेइकलको मोटर जडान गरिएको छ । अगाडि र पछाडिको पांग्रा सानोखाले साइकलको हो । दुवै पांग्रामा ब्रेक छ । उनले अँध्यारोमा गुडाउन मिल्ने गरी लाइट पनि राखेका छन् । टिन र ग्रिल उद्योगमा पाइने फलामे सामग्रीबाट यो ‘इलेक्ट्रिक स्कुटर’ बनाउन एक महिना लागेको उनले बताए ।

‘दिउँसो त स्कुल जानुपर्‍यो । साँझबिहानको समयमा बनाएको हुँ,’ उनले भने । उनले यसको अध्ययन भने इन्टरनेटको माध्यमबाट गरेको बताए । आफ्नै ज्ञान र खर्चमा सामग्री संकलन गरी करिब ५५ हजार रुपैयाँको लागतमा बनाइएको स्कुटरलाई उनले विद्यालय आउजाउ गर्न प्रयोग गर्छन् । स्कुटर एकपटक चार्ज गरेपछि तीनदेखि चार किलोमिटरसम्म गुड्ने उनी बताउँछन् । ‘अहिले स्कुल जान–आउन यही स्कुटर प्रयोग गर्छु । हिँडेर १५ मिनेट लाग्ने स्कुल अहिले ५–६ मिनेटमा पुगिन्छ,’ उनले भने । स्कुटरमा उनले २४ भोल्ट दुई सय ५० वाटको मोटर प्रयोग गरेका छन् ।

शिक्षक रमेशचन्द्र घिमिरेका अनुसार अविनाशले राम्रो कोरियोग्राफी गर्छन् । नाटकमा पनि अभिनय गर्छन् । चित्र र कलात्मक पेन्टिङसमेत गर्छन् । सबैभन्दा बढी विज्ञान सामग्री अध्ययन र निर्माणमा उनको समय जान्छ । अविनाशले गत वर्ष विद्युतीय रोबोटसमेत तयार पारे । रकेट पनि बनाएका थिए ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस