HURJA 220 -4.6 SAPDBL 569.6 -7.4 NICA 452 -13 BHL 440 -13 HHL 439 -3.2 BHDC 583 5.4 SMHL 613.1 -4 SPL 813 -12.1 SAMAJ 3321.1 1.1 CLI 634 -4.9 NBBD2085 1100 0 SMH 1064.8 5.9 LBBLD89 1208.5 23.5 GHL 218.5 -1.1 PMHPL 260 -4 UNLB 2527 -3.9 BARUN 379 -6.1 UNL 48870 -930 SALICO 747 -9.1 SLBSL 1398.4 21.4 SAGF 9.31 0.01 RURU 740 -9.8 PBD84 1065 1.7 KSY 9.22 -0.19 STC 5908 9 CORBL 958.8 -10.2 NIBD2082 1099 0 SBLD89 1200 16.1 IHL 499 -1 SDBD87 1035 4 GBILD86/87 1030 4 BGWT 934.9 -21.1 SHIVM 599 -8 JFL 655 6 FMDBL 758 -0.1 AHL 651 2 BEDC 470 0 PRIN 968 4 SNLI 585.1 -0.9 ACLBSL 1035 0
×
के हो दुर्घटनाग्रस्त जहाजभित्रैबाट यात्रुले खिचेको भन्दै भाइरल भएको भिडियोको तथ्य ?



१५ जनवरी २०२३ मा यति एअरलाइन्सको नाइनएन–एएनसी कलसाइन भएको एटीआर ७२ विमान पोखरामा दुर्घटनाग्रस्त भयो। नागरिक उड्डयन प्राधिकरणका अनुसार चालक दलका चारसहित ७२ जना चढेको विमानमा ५३ नेपाली र १५ विदेशी यात्रु थिए। विदेशी यात्रुमध्ये पाँच जना भारतीय थिए। तीमध्ये एक सोनु जैसवालले विमान भित्रैबाट खिचेको र फेसबुकमा लाइभ गरेको दाबी गरेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। हामीले त्यही भिडियोको तथ्य जाँच गर्दैछौँ।

के छ भाइरल भिडियोमा ?

तारा सी नेगएक्स नामको फेसबुक प्रोफाइलबाट शेयर भएको यो भिडियो एक मिनेट ३८ सेकेन्ड लामो छ।

भिडियोको सुरुमा जुत्ता देखिन्छ। त्यसपछि विमानको सिटको अघिल्तिर रहेको ट्रेमा रहेको एनआईसी एसियाको विज्ञापन देखिन्छ जसमा राजेश हमाल र मनीषा कोइराला देखिन्छन्।

भिडियोले एक यात्रुको अनुहारलाई खिचेपछि विमानको झ्यालबाहिरको दृश्य खिच्न थाल्छ। यात्रुहरूले बोलेको आवाज पनि सुनिन्छ। भिडियोको २७ औँ सेकेन्डमा एक यात्रुले ‘वाह बेटा वाह मौज कर दी’ भनेको सुनिन्छ। ५७ सेकेन्डमा भिडियो हल्लिन्छ। यात्रुहरू कराएको सुनिन्छ। एक मिनेट सात सेकेन्डमा त आगो लागेको समेत भिडियोमा देखिन्छ। एक मिनेट १९ सेकेन्डमा रुखजस्तो केही दृश्य भिडियोमा देखिन्छ। त्यसपछि फेरि क्यामेरा हल्लिन्छ र धमिलो दृश्य एक मिनेट ३९ सेकेन्डसम्म देखिएपछि बन्द हुन्छ।

के हो तथ्य ?

भिडियो दुर्घटना भएलगत्तै नभई धेरै घण्टापछि आइतवार बेलुकीदेखि बल्ल भाइरल हुन थालेको हो। केही भारतीय फेसबुक प्रोफाइल, पेज हुँदै भारतीय मिडियामा यो भिडियो प्रसारण हुन थाल्यो। त्यसपछि नेपाली फेसबुक पेज र प्रोफाइलहरूमा पनि यो भिडियो देखिन थाल्यो।

हामीले भिडियोको तथ्य जाँच गर्ने क्रममा भिडियोका दृश्यलाई ध्यानपूर्वक हेर्‍यौँ।

भिडियोको ५० औँ सेकेन्डमा देखिएको सिट पछाडिको लोगो यति एअरलाइन्सको लोगो हो। भिडियोको सुरुमा सिट अगाडिको ट्रेमा टाँसिएको विज्ञापनमा राजेश हमाल र मनीषा कोइराला देखिन्छिन्। यो एनआइसी एसियाको बचत खाताको विज्ञापन हो। फेसबुकमा हेर्न सकिन्छ।

विमानको झ्यालबाट खिचिएको भिडियोमा देखिएका दृश्यलाई हामीले पोखरामा ल्यान्डिङ गर्दा देखिने अरू भिडियोसित तुलना गर्‍यौँ। हामीले फेसबुकमा पोखरा अवतरणका अरू भिडियो खोज्यौँ। ३१ अगस्त २०१९ मा अच्युत सापकोटाले फेसबुकमा अपलोड गरेको यो भिडियोको ३५ औँ सेकेन्डमा पनि हामीले त्यही दृश्य देख्यौँ .

गुगल म्यापमा खोज्दा पनि हामीले त्यही ठाउँ पोखरामा भेट्यौँ। गुगलका अनुसार पोखरीजस्तो देखिएको ठाउँ माछापोखरी हो भने जङ्गलको बीचमा देखिएको ठाउँ भद्रकाली मन्दिर हो।

यात्रुले खिचेर लाइभ गरेको हो भिडियो?

भाइरल पोस्टहरूमा यो भिडियो भारतीय यात्रु सोनु जैसवालले खिचेको दाबी गरिएको छ। हामीले  नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त विदेशी यात्रुहरूको सूची हेर्दा पाँच जना भारतीय मध्ये सोनु जैसवाल पनि रहेको भेट्यौँ। तर हामीले सोनु जैसवाल नामबाट फेसबुकमा सर्च गर्दा उनले गरेको लाइभ भिडियो भेट्न सकेनौँ। यद्यपि, भारतीय मिडिया फर्स्ट इन्डियाले भने सोनु जैसवालकै प्रोफाइलबाट पब्लिस भएको भिडियो आफ्नो फेसबुक पेजमा राखेको देखिन्छ।

त्यस भिडियोमा देखिएअनुसार सोनु जैसवालले यो भिडियो पब्लिक गरेको नभई ‘फ्रेन्ड्स वन्ली’ गरेका थिए। अर्थात् सोनुका फेसबुकमा रहेका साथीहरूले मात्र त्याे भिडियो हेर्न पाउँछन्।

हामीले भारतीय तथ्य जाँचकर्ता अनमोल अल्फोन्सोको सहयोगबाट सोनु जैसवालको फेसबुक प्रोफाइल पनि भेट्टायौँ। तर उनले आफ्नो प्रोफाइल लक गरेको हुनाले हामीले त्यसमा रहेका कुनै पनि सामग्री हेर्न भने पाएनौँ। यद्यपि भिडियोमा देखिएको सोनु जैसवालको प्रोफाइल पिक्चर यो प्रोफाइल पिक्चरसँग मेल खान्छ।

भारतीय पर्यटकहरूई नेपालमा हवाई टिकट लगायतको व्यवस्था गरेका काठमाण्डाै निवासी अजय साहसित पनि हामीले कुरा गर्‍यौँ। उनले पनि सोनुको फेसबुक पेज यही रहेको र उनले फेसबुकबाट भिडियो लाइभ गरेको पुष्टि गरे। तर उनले आफूलाई पनि फेसबुकमा सोनुले साथी बनाइनसकेकोले भिडियो हेर्न नसकेको बताए।

हामीले केही भारतीय मिडिया पनि हेर्‍यौँ। डेक्कन हेराल्डले भारतीय समाचार एजेन्सी आईएएनएसको एउटा समाचार राखेको छ जसमा सोनुका आफन्त रजत जैसवालले भिडियो फेसबुकमा लाइभ भएको पुष्टि गरेका छन्। ‘सोनुले फेसबुकमा लाइभ गरिरहेका थिए। सोनु र उनका साथीहरू खुसीको मूडमा थिए। तर अकस्मात् आगो दन्कियो र स्ट्रिमिङ रोकियो’, उनले भनेका छन्।

तथ्य जाँच

दाबी : दुर्घटनाग्रस्त यति एअरलाइन्सका यात्रुले विमानभित्रैबाट दुर्घटना हुँदाको भिडियो फेसबुकमा लाइभ गरे।

दाबीकर्ता : विभिन्न सोसल मिडिया प्रयोगकर्ता र मिडिया।

तथ्य : सही सूचना। हामीले सोनु जैसवालले लाइभ स्ट्रिमिङ गरेको भिडियो फेला पार्न नसके पनि त्यो उनले प्रोफाइल लक गरेका कारण भएको मान्यौँ। यद्यपि हामीले सोनुकै प्रोफाइलबाट भिडियो पब्लिस भएको देखेका छौँ। उनका आफन्तले समेत भारतीय मिडियामा उनले फेसबुकमा लाइभ गरेको पुष्टि गरेका छन्। हामीले भिडियोमा देखिएको दृश्य पोखराकै भएको पुष्टि गरेका छौँ। तसर्थ यो सही सूचना ठहरिन्छ। नेपालः तथ्यजाँचको सहयोगमा 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस