×
Lagani
Lagani Shiksha gif
गृहमन्त्रीको निर्देशनसँगै खाल्डोमा पुरिदै भारतबाट ल्याइएको कुखुरा र मासुजन्य बस्तु ।



अवैध रुपमा कुखुरा, चल्ला र मासुजन्य वस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै रूपन्देहीका सिमाबाट अवैध रुपमा धमाधम ती वस्तु पक्राउ परिरहेका छन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भारतबाट भित्रिएका कुखुरा, चल्ला र मासुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै यसै साता मात्रै अवैध रुपमा नेपाल भित्रिने अण्डा, मासु र चल्लाको आयात रोक्न विभिन्न जिल्लाका सुरक्षा अधिकारीलाई निर्देशन दिएका थिए । पछिल्लो समय भारतबाट विभिन्न नका हुँदै अण्डा, चल्ला र कुखुराको मासु भित्रिएपछि आत्मनिर्भर बनेको यो व्यवसायमा सङ्कट उत्पन्न भएपछि नेपाली व्यवसायीले गृहमन्त्रीलाई अनुरोध गरेका थिए ।

Lagani Shiksha gif
sharehubapk गृहमन्त्रीको निर्देशनसँगै खाल्डोमा पुरिदै भारतबाट ल्याइएको कुखुरा र मासुजन्य बस्तु ।

पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षानिकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । राजश्व संक्लनमा पनि कमी आएको भन्दै सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो । समग्र जिल्लाको सीमा सुरक्षाको पहिलो जिम्मेवारी सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेड क्वाटर अन्तर्गत नै रहेकोले जनशक्तिको अधिकतम प्रयोग गरी अवैध गतिविधीलाई सून्य बनाउनमा प्रयासरत रहेको सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बताए ।

सीमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रण गर्दै आएको सशस्त्र प्रहरीले नियमित कार्य र निर्देशन अनुरुप नै सिमा विन्दुमा सक्रियता बढाएको छ । पछिल्लो एक महिनामा झण्डै १ करोड बढी मूल्य बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई सम्बन्धित कार्यालय बुझाएको छ ।

गणअन्तर्गत दर्जन बढी शसस्त्र प्रहरी बलको युनिट रहेका छन ती युनिट मध्ये सोमबार मात्रै बुची विओपी र सशस्त्र प्रहरी बल हेड क्वाटरले झण्डै ४ क्विन्टल ब्रोइलर कुखुरा र मासु नियन्त्रणमा लिई नष्ट गरेको छ । गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरिक्षक मोहनराज विष्टका अनुसार बरामद ती कुखुरा र मासु पशुक्वारेन्टीन कार्यालय, संचारकर्मी, सुरक्षा निकाय र स्थानीयको  रोहबरमा नष्ट गरिएको बताए ।

बरामद कुखुरा केही जिउँदो आए पनि कतिपय तयारी अवस्थामा मासु नै आउने गरेको छ । खुला सीमा चुनौती नै छ । ‘चुनौतीका बाबजुद हामीले पछिल्लो एक महिनामा मात्रै ९ क्विन्टल बढी कुखुरा र मासु, केही जिउँदो पाडा, भैसी  र माछाहरू पनि नियन्त्रणमा लिई आवश्यक कारबाही गरेका छौं । सिमा विन्दुमै रहेको ह्याचरी फर्महरू नै यस्ता अवैध गतिविधिमा संलग्न हुने गरेको पाइएको छ.’ सशस्त्र प्रहरी नायब उपरीक्षक विष्टले भने ।

नेपाली पोल्ट्री व्यवसायीहरुले भारतीय मासु तथा चल्लाहरूको अवैध आयात, दानाको कच्चा पदार्थको मूल्यवृद्धि र लागत अनुसारको मूल्य पाउन नसकेको कारण पलायन हुनुपर्ने अवस्था आएको बताए । नेपाल कुखुरा आत्मनिर्भर भएपनि नेपालमा भन्दा भारतमा उत्पादन लागत कम हुने भएकाले भारतमा कुखुराको चल्ला, मासु र अण्डा सस्तो पर्ने गर्छ, सस्तोको कारण नै भारतिय कुखुरा तथा कुखुराजन्य वस्तुहरू नेपाल भित्रिने गरेको छ ।

सीमा क्षेत्रमा हुने कुखुरा तस्करीले व्यवसायी मारमा पर्ने गरेका छन् । दुवै देशका व्यापारी र भरियाहरुको संलग्नतामा मोटरसाइकल र साइकलमा कुखुरा आउने गरेको छ, भारतिय कुखुरा ल्याएर सस्तोमा बिक्री गर्न थालेपछि स्थानीय कुखुरा बिक्री मूल्य पनि घट्ने गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस