HIDCL 270.7 -4.1 SMJC 574 -6 NRM 426.1 -4.9 DORDI 429 -3.3 SBI 482.9 -6 NBLD85 1025 0 USLB 1467 -2.9 SJLIC 477 -7.5 SBLD89 1200 16.1 NMB 263.9 -7.1 RAWA 889 29 NICBF 9.3 -0.08 ULBSL 3199 37 BHPL 655.1 -12.7 MLBS 1532.3 -86.7 CMF2 9.21 -0.1 NMBMF 695 -10 LBLD86 1081 -0.2 NICD88 1032 -21 KDL 1059 16 FOWAD 1479 0 ICFC 823.9 74.9 HURJA 220 -4.6 UPCL 262.2 -2.7 UNHPL 266 0 SBLD84 1040 19.3 SGHC 393.6 0.1 PRIN 968 4 NRN 905 -8 MKHL 493 -6 JBLB 1534 -3 MLBL 398 -6.9 ILI 483.5 -2.5 IHL 499 -1 NICAD8283 1169.8 86.8 PRSF 9.54 -0.11 KRBL 613 0 BNT 14350 -50 CHL 353 0.4 CLI 634 -4.9
×
गृहमन्त्रीको निर्देशनपछि पनि पक्राउ पर्न सकेनन् फरार सांसद



गृहमन्त्री रवि लामिछानेले निर्देशन दिँदा पनि हत्या अभियोग लागेका लक्ष्मी महतो कोइरी अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन् ।

जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् । सपथग्रहणदेखि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदासम्म महतो पक्राउ पर्न सकेका छैनन् ।

मधेश आन्दोलनको समयमा लखेटी-लखेटी घाइते बनाएर उपचार गर्न लैजाने क्रममा एम्बुलेन्सबाट नै निकालेर सुरक्षाकर्मी थमन विकलाई हत्या गरेको उनीमाथि आरोप छ । उच्च अदालत जनपुरले २०७७ मा महतोलाइ पक्राउ गरी पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । २०७७ देखि फरार रहेका महतो २०७९ को निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट नेकपा एमालेवाट टिकट लिएर संघको निर्वाचनमा होमिएका थिए ।

बारेसमार्फत मनोनयन दर्ता गराएर चुनावी प्रतिस्पर्धामा होमिएका महतो माओवादी केन्द्रका उपमाहासचिव गिरिराजमणी पोखरेललाई पराजित गर्दै विजयी बनेका हुन् । निर्वाचन आयोगबाट हस्तान्तरण गर्ने प्रमाणपत्र समेत वारेसमार्फत नै बुझेका महतो प्रहरीको आँखा छल्दै सपथग्रहण लिनसमेत सफल भए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी हेडक्वाटरले कांग्रेसबाट निर्वाचित संसद टेकबहादुर गुरुङ्ग र महतोलाई संसदीय गतिविधिमा सग्लन नगराउन पत्राचार गरे पनि  कोइरीलाई भने निरन्तर सग्लन गराउँदै आइएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस