BBC 4255 50 PBD85 1079.9 19.9 NICGF2 8.78 -0.02 USHEC 523 -7 SBI 482.9 -6 PRVU 248 -10 SANIMA 326 -10.2 CYCL 1540 -7 NHPC 220.1 0 MMKJL 543.6 9.6 NIMB 241.9 -9.1 AHL 651 2 MANDU 885 -14 SMH 1064.8 5.9 IGI 600 -4 UMRH 475 -1.9 CIZBD86 1060 -10 MND84/85 1030 2 NRIC 803 -5 CBBL 980 1 SLCF 9.21 -0.1 BGWT 934.9 -21.1 MMF1 8.98 0.1 API 289.5 2.5 PMLI 562 1 UHEWA 476 -11 GMFBS 1512.1 -16.9 NSIF2 10.52 0.02 RLFL 625 6.9 NFS 1350 -43 MSLB 1564 -70 SONA 473.2 -7.8 AVYAN 909 -6 MKHL 493 -6 TSHL 909 -11 MKCL 1497 -26 KRBL 613 0 SMJC 574 -6 SHL 512 -4.5 RBCLPO 12300 88
×
वैदेशिक रोजगारीको अर्को पाटो : बाबुआमाको शव सुरक्षित राख्न गाउँमा ‘डिप फ्रिज’



तीन छोरा जापानमा थिए, गलकोट नगरपालिका–८ का चूडामणि कँडेलको अघिल्लो वर्ष साउन ११ मा निधन भयो ।

चाहेर पनि छोराहरू गुणखर, खिमलाल र ज्ञानप्रसाद झट्टै घर फर्कन सम्भव थिएन । उनीहरूले आफन्तलाई भने– तीन/चार दिनसम्म जसरी भए पनि आइपुग्छौं । गर्मीको याम, त्यतिका दिन शवलाई कसरी जोगाएर राख्ने ? अझ वैदेशिक रोजगारीले गाउँमा युवा नै नभएको अवस्थामा तीन/चार दिनसम्म शव कुरेर को बस्ने ? दुवैतर्फबाट सल्लाह भयो– डिप फ्रिज किनेर शव सुरक्षित राख्ने ।

२ लाख ५० हजार रुपैयाँ हालेर फ्रिज किनियो, शवलाई सुरक्षित राखियो । चार दिनपछि आइपुगेका छोराहरूले पिता चूडामणिको विधिपूर्वक अन्त्येष्टि गरे ।

चूडामणिको अन्त्येष्टि भयो तर गाउँमा एउटा उपाय जन्मियो । वैदेशिक रोजगारीले साराका सारा युवा विदेशिएको गाउँमा छोराहरू फर्किउन्जेल शव राख्न डिप फ्रिज भरपर्दो साधन ठहरियो । त्यसैले डिप फ्रिजलाई व्यक्तिको घरबाट गलकोट–८ पचुवास्थित काँडेबास स्वास्थ्यचौकीमा राखिएको छ । जसलाई आपत् पर्छ, उसले सेवा लिने व्यवस्था गरिएको छ ।

गएको जेठ २८ मा गलकोट–९ बाँस्खोलाकी चन्द्रकुमारी सापकोटाको मृत्यु भयो । छोरा प्रकाश न्युजिल्यान्ड थिए । सरसल्लाहपछि छिमेकीले चन्द्रकुमारीको शव स्वास्थ्यचौकीको डिप फ्रिजमा लगेर राखे । कुरुवा पनि चाहिएन । चौथो दिन स्वदेश फर्किएका प्रकाशले आमाको काजकिरिया गरे ।

गलकोट नगरपालिकाका ११ वटै वडा र ताराखोला गाउँपालिकाका केही वडासमेतलाई गलकोट क्षेत्र भनिन्छ । यहाँका धेरैजसो युवा जापान र युरोपमा छन् । यो क्षेत्रका करिब ६० हजार जना विदेशमा रहेको अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापाको भनाइ छ । ‘करिब ५० हजार जना त जापानमै छन् । कोरियामा ४ हजार छन्, युरोप पनि छरिएका छन्,’ भन्छन्, ‘एकै घरका ४/५ जना पनि जापान पुगेका छन्, घरमा त आमाबाबु र बालबालिका मात्रै ।’

थापाका अनुसार विश्वका १२ देशमा गलकोट समाज गठन भइसकेको छ । जापान र कोरियामा बस्नेले घरमा पैसा पठाउँछन् भने युरोप पसेकाले परिवारै पनि लैजाने गरेका छन् । गाउँमा बाबुआमाको मृत्यु हुँदा आउँछन् । तर, फर्कन दुई/चार दिनदेखि साता/दस दिनसम्म लाग्नु सामान्य हो । बाबुआमाको मुख हेर्ने धोको पूरा गर्नेहरूलाई डिप फ्रिज उपयोगी भएको छ ।

गत वर्षको माघ ११ मा बाँस्खोलाकै गगनबहादुर मल्लको निधन हुँदा छोराबुहारी नेपालमा थिएनन् । जापानमा काम गर्ने छोरा राजुसहित परिवारका सदस्य आइपुग्न ५ दिन लागेको थियो । तर शव सुरक्षित थियो । छैटौं दिन उनीहरूले बाबुको काजकिरिया सुरु गरे । वैदेशिक रोजगारीबाट धानिएको बस्ती भएकाले डिप फ्रिज उपयोगी भएको बताउँछन् भैरव मावि बाँस्खोलाका शिक्षक विष्णु मल्ल ।

‘यसरी शव सुरक्षित राख्न सकिन्छ भन्ने न जानकारी थियो न सुविधा । समयमा आउन नपाउने छोराछोरीले बाबुआमाको मुख देख्न नपाउने नियति थियो तर अहिले सबैलाई यो सुविधा प्राप्त भएको छ ।’ काँडेबास स्वास्थ्य चौकीकी प्रमुख प्रतीक्षा लामटाँगेले एउटा कोठा छुट्याएर डिप फ्रिज राखिएको बताउँछिन् । भन्छिन्, ‘बिजुली नियमित भए धेरै दिनसम्म पनि शव सुरक्षित रहन्छ, यो विषयमा धेरैको भावना पनि जोडिएको छ । धेरै जनाले यो सेवाको प्रशंसा गर्नुभएको छ ।’

डिप फ्रिजलाई नियमित बिजुली दिँदा स्वास्थ्य चौकीको खर्च भने बढेको उनको भनाइ छ । शव राख्दा कुनै शुल्क लिइँदैन । ‘स्वस्फूर्त कसैले केही रकम दिनुभएको छ, त्यसैले कोष बनाउने तयारी गर्दै छौं,’ भन्छिन्, ‘कोष बनेपछि विद्युत् खर्च र मर्मत गर्नुपरेमा त्यसबाटै गर्ने तयारी छ ।’ आजको कान्तिपुर दैनिकबाट 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस