×
Lagani
Lagani Shiksha gif
आईपीओ निष्कासन गर्दै सोलार फार्म , विक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त।



सोलार फार्म लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले आईपीओ निष्कासन गर्नको लागि निष्कासन तथा विक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ।  कम्पनीले २० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकितदरका कुल २० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि प्रक्रिया अगाडि बढाएको हो।  विक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतापत्रमा कम्पनीका अध्यक्ष आशबहादुर गुरुङ तथा कुमारी क्यापिटलका कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

नेपालको पहिलो सोलारबाट विद्युत् उत्पादन गर्ने कम्पनीको रुपमा सन् २०१७ मा स्थापित कम्पनीको अधिकृत पूँजी ६५ करोड रुपैयाँ, जारी पूँजी ६५ करोड रुपैयाँ र चुक्तापूँजी ४५ करोड रुपैयाँ रहेको छ। कम्पनीले ५ मेगावाट क्षमताको सोलारबाट सन् २०२१ सेप्टेम्बर १४ देखि व्यवसायिक तवरले विद्युत् उत्पादन गरिरहेको छ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस