JSLBB 1513.9 38.9 DLBS 1374 30 SSHL 215 0.8 LSL 253.5 -5.5 CYCL 1540 -7 GILB 1268.4 4.4 SRBLD83 1065 -10 NUBL 730 2.8 LEC 276.8 -6 NSIF2 10.52 0.02 NIBLSTF 8.68 0 NICBF 9.3 -0.08 HIDCLP 183 -2 PSF 9.51 -0.09 NGPL 472 -2.9 MKHC 339 -1 SWMF 812 -13 USHEC 523 -7 NYADI 305.4 -6.6 MEHL 380.1 -19.9 ENL 1102 -18 HEI 648 -10 NHPC 220.1 0 LICN 1995.9 -27.1 CHCL 568.9 -8.1 SMFBS 1505.2 6.2 LUK 9.21 -0.09 NICSF 9.5 0.25 LVF2 9 0 KEF 9 0.28 TRH 1118 -5 CZBIL 242 -10 GUFL 735 5 RBCLPO 12300 88 SJLIC 477 -7.5 KDBY 9.21 -0.23 RHGCL 388 0 C30MF 9.74 0 CHDC 1684 -35.9 AHPC 267 -0.6
×
अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने



मुगुको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेमा प्रोत्साहन स्वरुप रु १ लाख दिने भएको छ ।

नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।

नगरपालिकाले दलितको हक अधिकारका लागि दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि नीति निमार्ण गरेर सभाबाट बहुमतले पास भएको नगर प्रमुख बिष्णुकुमार भामले बताए ।

पिछडिएका दलित समुदायको हक अधिकार लागि नगरपालिकाले बिभिन्न कार्यक्रम सञ्चालन गरेको भन्दै नगर प्रमुख भामले पालिका भित्रका १ देखि १४ वडा सम्मका १३ सय दलित घरधुरी रहेको समेत बताए ।  संस्कृति ,बाजा र सीपमुलक आर्यआजनको लागि प्रति घरधुरी पहिलो चरणमा २ हजार ५ सयका दरले दलित भत्ता उपलब्ध गराउने बताएको छ । सो भत्ता अन्तिम पाचँ बर्षको कार्यकालमा ५ हजार सम्म पुर्याउने लक्ष्य रहेको नगर प्रमुखको भामको भनाई छ ।

विधेयक नगरसभाबाट १० वटा बिभिन्नि नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९ समेत पारित भएको छ । त्यस्तै  अपाङ्गता भएका व्यत्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिका स्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकको हितका लागि अत्यावश्यक  भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, लगायत व्यवसायिक दर्ता तथा नविकरण कार्यनिर्देशीका २०७९, महिला हेल्प डेक्स कार्यविधि, महिलासँग उप प्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशीका नियमावली र विपत्त जोखिम  न्युनिकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस