SHIVM 599 -8 H8020 10.2 -0.05 SINDU 667 -6 SMPDA 910 -1 NICSF 9.5 0.25 SAPDBL 569.6 -7.4 SSHL 215 0.8 SAGF 9.31 0.01 PCBL 292 -2 BHL 440 -13 UMHL 308 -4 API 289.5 2.5 FOWAD 1479 0 SAMAJ 3321.1 1.1 DHPL 242 1 NICLBSL 705.5 -7.5 SPC 520 5 GMFIL 623 1 ILBS 980 -21.5 WNLB 2650 -80 NIBSF2 8.9 0.08 BARUN 379 -6.1 TSHL 909 -11 SHINE 473 -1.8 JBLB 1534 -3 AKJCL 209 -3 SIFC 628 10 RLFL 625 6.9 PSF 9.51 -0.09 LLBS 1050 5 DLBS 1374 30 NMB50 10.3 0.05 ACLBSL 1035 0 SBLD84 1040 19.3 KBL 234 -6.9 SPHL 666.9 16.9 KBLD89 1156 1 LBBL 475 -4.8 MDB 630 -3.8 NLO 242.1 0
×
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द



गृह मन्त्रालयको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेको क्रसरहरू बन्द गराइको छ ।

गत २० पुसमा गृह मन्त्रालयले  जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।

मन्त्रालयको परिपत्रको पालना गर्दै नियमविपरीत अवैध रुपमा सञ्चालनमा रहेका क्रसर बन्द गरिएको प्रमुख जिल्ला अधिकारी लालबावु कवाडीले जानकारी दिए । ‘जिल्लामा रहेका २३ वटा क्रसर उद्योगमध्ये करिब सातवटाको नवीकरणको समय अझै बाँकी रहेकाले सञ्चालन हुँदै आएका थिए,’ उनले भने । तर, अब मापदण्डविपरीत सञ्चालन हुँदै आएका र नवीकरणको समय बाँकी रहेका सबै क्रसर उद्योग, नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन्, संकलन र बिक्री वितरणसमेत एक हप्ताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कवाडीले बताए ।

बिहीबार बसेको जिल्ला अनुगमन समितिको बैठकले ‘ढुंगा,गिट्टी र वालुवा उत्खनन्, बिक्री वितरण तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ र वालुवा गिट्टी उत्खनन्, संकलन, क्रसिङ तथा बिक्री वितरण र क्रसर उद्योग स्थापना वा सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ बमोजिम नवीकरण भएका तथा सञ्चालनमा रहेका क्रसर उद्योगसमेत बन्द गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका उपप्रमुख दिलीपकुमार लामाले बताए । दर्ता भई नवीकरण भएका एवं सञ्चालनमा रहेका उद्योगहरुको हकमा समेत हाललाई बन्द गरी ती उद्योगहरू नियामानुसार सञ्चालन भएको नभएको सम्बन्धमा स्थलगत अनुगमनपश्चात मात्र आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको उपप्रमुख लामाले बताए ।

कर्जन्हा नगरपालिका–२ स्थित श्री जगदम्वा ढुंगा क्रसिङ उद्योग, वडहारामाल ४ को जानकी क्रसर उद्योग, कमलेश्वरी बालुवा प्रशोधन उद्योग, सांग्रिला गिटी बालुवा प्रशोधन केन्द्र, जयकाली ढुंगा क्रसिङ उद्योग, हिमाल क्रसिङ उद्योग, बस्तीपुर ९, माँ सन्तोषी क्रसिङ उद्योग, आसोपुर वलकवा ८, स्वेच्छा बालुवा प्रशोधन उद्योग, एस एन्ड सन्स कंक्रिट उद्योग, कमलामाई क्रसर उद्योगलगायत मापदण्डविपरीत अवैध रुपमा सञ्चालित २३ वटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस