×
Lagani
Lagani Shiksha gif
गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राखौं : राप्रपा प्रवक्ता श्रेष्ठ



राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले गोरखा जिल्लाको गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गरेका हुन् ।  ३०१औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उनले गोरखा नगरपालिकाको नाम परिवर्तन गर्न प्रस्ताव गरेका हुन् ।

Lagani Shiksha gif
sharehubapk गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राखौं : राप्रपा प्रवक्ता श्रेष्ठ

गोखरा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण राख्न प्रस्ताव गर्दै उनले फेसबुकमा लेखेका छन् :

गोरखामा पृथ्वीनारायण शाहको शालिक पुनःस्थापना भइसकेको छ, सदरमुकामको ठूलो आँगनमा यो वर्ष अर्को नयाँ शालिक पनि राखिएको छ जुन सकारात्मक र स्वागतयोग्य छ। विराट नेपालका निर्माता पृथ्वीनारायण शाहलाई राज्यको तर्फबाट दिइने सम्मानमा कुनै कञ्जुस्याइँ गरिनुहुन्न । ढिलै भएपनि सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जुनबेला बिदा कटौती गरियो त्यसबेलादेखि नै बिदा दिनुपर्ने जनमत बलियो थियो । राप्रपाले त आफ्नो पार्टीको मुख्य विषय नै बनाएको थियो ।

अब यसो गरौं– गोरखा नेपाली इतिहासको ऐतिहासिक भूमि रहेकोमा कसैको विमति छैन । जिल्लाको नामाकरण नै गोरखा छ यसले हाम्रो गौरव प्रतिबिम्बित गरिरहेको छ। पृथ्वी भूमि भएको नगरपालिकाको नाम गोरखा कायम राखिराख्नु जरुरी छैन, नगरपालिकाको नाम परिवर्तन गरी “पृथ्वीनारायण नगरपालिका“ बनाऔं । सदरमुकाम क्षेत्र भएको नगरपालिकाको नाम शुरुआती अवस्थामा पृथ्वीनारायण नगरपालिका राखिएको थियो, अकारण नाम परिवर्तन गरियो ।

नेपाल सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्मानको पुनः थालनी गरेको परिवर्तित सन्दर्भमा गोरखा नगरपालिकाको नाम परिवर्तन गरी पृथ्वीनारायण नगरपालिका कायम गर्न गोरखा नगर कार्यकारिणी समिति, गोरखाका आम बुद्धिजीवी, व्यवसायी लगायत आम गोरखाबासीको ध्यानाकर्षण गराउँदछु । साथै, नाम परिवर्तन गर्न, गराउन नेपाल सरकारसंग माग गर्दछु।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस