पालुन खोला हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले स्थानीयवासी तथा सर्वसाधारणकालागि गरेर कुल १९ लाख कित्ता आईपीओ निष्कासन गर्ने छ । सो प्रयोजनको लागि कम्पनीले निष्कासनसम्बन्धी आवश्यक काम गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।
आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल र कम्पनी बीच विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्ने सम्बन्धमा आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगाना तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले ताप्लेजुङ जिल्लाको मिखवा गाउँपालिकामा अवस्थित पालुनखोलामा २१ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको आयोजना निर्माणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।